वापी पश्चिममा २७ सदस्यीय महिला नगर विभाग गठन

वापी पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति वापी पश्चिम अन्तर्गत महिला नगर विभागको दोश्रो भेला सम्पन्न गरिएको छ । विना काउछाको अध्यक्षता तथा तारा रावतको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई देविकला परिवारले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमा मूल प्रवाहका केन्द्रीय सदस्य गोविन्द थापाको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय सदस्य रमकला काउछा, पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवर, वापी पश्चिम नगर समितिका निखिल रावतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

प्रमुख अतिथि थापाले महिला अधिकार र संगठित आन्दोलनका विषयमा मन्तव्य दिनुभएको थियो । “जबसम्म स्वयं महिलाहरु संगठित भई आन्दोलनमा सहभागि हुँदैनन्, त्यति वेलासम्म अन्याय, अत्याचार सहन बाध्यताको स्थिति रहन्छ ।” थापाले भन्नु भयो– “महिलाहरु चुलो चौकोमा मात्र सिमित नरहेर महिला अधिकार, अन्याय, अत्याचार, शोषण, दमनका विरुद्ध आवाज वुलन्द गर्नका लागि संगठित हुनुपर्ने आवश्यकता छ ।” पूँजीवादले महिलाहरुलाई उपयोगको वस्तुको रुपमा प्रयोग गर्ने कोशिस गरिरहेको समेत महिलाहरुले जान्नु पर्ने बताउनु भयो ।

भेलाले विना काउछाको अध्यक्षतामा २७ सदस्यीय वापी पश्चिम महिला नगर विभाग गठन गरेको छ । जसमाः सचिव– तारा रावत, कोषाध्यक्ष– लक्ष्मी कुँवर (क) रहनुभएको छ । त्यस्तै सदस्यहरुमा क्रमशः पार्वती विक, देवीकला रावल, पवन खड्का, दिब्या जोशी, संगिता विश्वकर्मा, देवीकला परिवार, सत्या थापा, रेवतीदेवी सलामी, अनुस्का विक, सुनिता विक, विमला खत्री, नन्दा कुँवर, कल्पना प्रसाई, रेखा देउवा, सोया ठकुल्ला, तुल्सा कुँवर, मिना शर्मा, भावना विष्ट, सनम योगी, आशा ठकुल्ला, कला कुँवर, दूदकला विष्ट र उर्मिला रावल रहनुभएको छ ।

केन्द्रीय सदस्य तथा महिला क्षेत्रीय विभागकी संयोजक रमकला काउछाले नयाँ समिति घोषणा गर्नुभएको थियो । त्यस्तै पश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष कृष्ण कुँवर र वापी पश्चिम नगर समितिका अध्यक्ष निखिल रावतले नयाँ समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार