वापी पश्चिम,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत रहेको वापी पश्चिम नगर समितिको आयोजनामा राष्ट्रिय जनमोर्चाले देशमा घोषणा गरेको संघीयता विरोधी आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दै सभा सम्पन्न पारिएको छ ।
वापीको सिनियर सिटिजन हलमा सम्पन्न सो सभाको अध्यक्षता नगर अध्यक्ष निखिल रावतले र सञ्चलन नगर सचिव हरिसिंह काउछाले गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको प्रमुख आतित्थ्यता रहेको थियो भने, क्षेत्रीय समितिका उपाध्यक्ष कृष्ण कुँवर, महिला क्षेत्रीय विभागकी संयोजक रमकला काउछा, सदस्य शोभा धामी, उपाध्यक्ष लक्ष्मी कुँवर लगायतको आतित्थ्यता रहेको थियो ।
ज्ञात अज्ञात शहिदहरुको संझनामा एकमिनेट मौनधारण पछि कार्यक्रममा सहभागीहरुलाई नगर उपाध्यक्ष देवेन्द्र रावलले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले देशमा संघीयता कै कारण अभाव, भ्रष्टाचार, अन्योलता, विखण्डनको स्थिति उत्पन्न भएको बताउनु भएको थियो । थापाले विश्वमा कोरोना महामारी फैलिएको छ, त्यसलाई रोक्नलाई देशबाट संघीयता खारेज गरेर विभिन्न राज्यहरुमा जाने बजेटलाई कोरोना भाइरसका कारण समस्या झेल्नु परेकाहरुलाई समाधान गर्नु पर्ने बताउनु भयो ।
सचिन,
यता, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति सचिनको आयोजनामा सो आन्दोलनलाई समर्थन गर्दै ऐक्यवद्धता सभाको आयोजना गरिएको छ ।
नगर सचिव बिन बहादुर रेग्मीको सञ्चालन, नगर अध्यक्ष हरि गिरीको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा नगर महिला बिभागकी अध्यक्ष सबिना कुँवरले स्वागत मन्तब्य दिनुभएको थियो ।
प्रमुख अतिथि कार्किले देशव्यापी रुपमा भइरहेको राजमोको संघीयता विरुद्धको कार्यक्रमप्रति ऐक्यवद्धता प्रकट गर्दै देशलाई विखण्डन हुनबाट बचाउन संघीयता खारेज गर्नुपर्ने बताउनुभयो ।
नाडियाड,
यता, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति नाडियाडको आयोजनामा सो आन्दोलनलाई समर्थन गर्दै ऐक्यवद्धता सभाको आयोजना गरिएको छ ।
नगर अध्यक्ष रविन्द्र विष्टको अध्यक्षता र नगर सचिव हरि खत्रीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय सदस्य भिमसिंह विष्टले सम्बोधन गर्नुभएको थियो । विष्टले नेपाल र नेपालीका लागि संघीयता अफाप सिद्ध भैसकेको बताउनु भयो ।