वापी पूर्वमा देउसी भैलो समिक्षा

वापी पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने वापी पुर्ब नगर समितिद्धारा आयोजित दिउसी भैलो समिक्षा कार्यक्रम २३ डिसेम्बर २०२०का दिन सम्पन्न पारिएको छ ।

देउसी भैइलो शुभकामना तथा समिक्षा कार्यक्रम नगर सचिव गन बहादुर रानाको सञ्चालन र नगर अध्यक्ष भुवन सिंह धामीको अध्यक्षताबाट अगाडि बढेको थियो ।

कार्यक्रममा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, पश्चिम भारत क्षेत्रीय महिला बिभागकी अध्यक्ष रमकला काउछा, केन्द्रिय सल्लाकार सदस्य श्रीधर शर्मा, पश्चिम भारत क्षेत्रीय सदस्य शोभा धामी, वापी पुर्ब महिला अध्यक्ष बिष्णु माया शर्मा, वापी पश्चिम नगरका प्रविन सिंह काउछाले अतिथि आसन ग्रहण गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई सहसचिव चन्द्र बिकले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा क्षेत्रीय अध्यक्ष कार्कीले ओलीले देशमा असबैंधानिक तरिकाले संसद भङ्ग गरेर देशको राष्टियता, गणतन्त्र र धर्म निरपेक्षता माथि प्रहार गर्ने कार्य गरेको बताउनु भयो । काकीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई ओलीको उक्त कदमको कडा निन्दा ताथ भ्रत्सर्न गर्ने समेत बताउनु भयो । त्यस्तै राष्टिय जनमोर्चाले देशव्यापी रुपमा सञ्चालन गरेको संघर्षको कार्यक्रमप्रति ऐक्यवद्धता रहेको समेत बताउनु भयो ।

त्यस्तै केन्द्रिय सल्लाकार श्रीधर शर्माले वापी पुर्ब नगर समितिले यस्तो कोरोनाको विषम परिस्थितिमा पनि नेपाली दाजु भाइ दिदिबहिनीको घर घरमा पुगेर देउसी भैलोको शुभकामना आदानप्रदान गर्नु भएकोमा मूल प्रवाहका सम्पूर्ण कार्यकर्ताहरुलाई धन्यवाद प्रकट गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार