वाह्य शक्तिलाई मख्ख पार्न महन्थलाई धुपबत्ति : भीम रावल

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले वाह्य शक्तिलाई खुशी बनाउन प्रधानमन्त्री केपी ओलीले जसपाको महन्थ ठाकुर पक्षलाई सरकारमा ल्याएको आरोप लगाउनुभएको छ ।

शनिबार ट्वीट गर्दै रावलले ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवम् राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषद्को हेरफेरमा अझ छताछुल्ल भएको बताउनुभएको छ । आफूले ५ दिनअघि गरेको अनुमान मन्त्रिपरिषद् पुनर्गठनले पुष्टि गरेको रावलको दाबी छ ।

नेता रावलले प्रधानमन्त्री ओलीले आफूसँग ५ मन्त्रालय राखेर बाह्य शक्ति रिझाउने भनेर गरेको अनुमान सही साबित भएको बताउनुभएको हो ।

मैले ५ दिनअघि उहाँले आफूसँग ५ मन्त्रालय राखेर बाह्य शक्तिलाई मक्ख पार्न अरू मन्त्रालय जसपा (महन्थ) लाई धूपबत्ती गर्न सक्ने कुरा व्यंग्यात्मक रूपमा ट्विट गरेको थिएँ,’ नेता रावलले भन्नुभएको छ, ‘त्यसको जेठ २१ गते (हिजो) को मन्त्रिपरिषद् हेरफेरबाट पुष्टि भयो।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार