विकानेरमा एरिया समिति गठन

विकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति विकानेर अन्तर्गत पटेल नगर एरियामा जमान सिंहको पहलमा १२ सेप्टेम्बर २०२१ का दिन नगर अध्यक्ष लोक बहादुर पाण्डे, उपाध्यक्ष राजु सुनार, सदस्यहरु पारस शर्मा, बल बहादुर राना, राम बहादुर रानाको उपस्थितिमा १९ सदस्यीय एरिया समितिको गठन गरिएको छ ।

नवगठित एरिया समितिमा अध्यक्ष उमेश टिएम, उपाध्यक्ष– चन्द्र बहादुर विक, सचिव– विष्णु विक, सहसचिव– भिम बहादुर माझी, कोषाध्यक्ष– किशन विक र सदस्यहरुमा जमान सिंह विक, नरबहादुर सलामी, इश्वर टिएम, हरी विक, कृष्ण बहादुर सलामी, नारायण विक, प्रकाश टिएम, कालु सुनार, लक्ष्मी सलामी, बसन्ता सुनार, देवी सुनार, पेरू टिएम, खुमा विक र किशन सलामी रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार