विद्यार्थी नगर भेला सम्पन्न

हिसार, २६ डिसेम्वर । यहां माओ दिवशको ऐतिहासिक अवसरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समिति अन्तर्गत विद्यार्थी नगर भेला सम्पन्न गरिएको छ ।

मूल प्रवाहका नगर अध्यक्ष नन्दवहादुर लम्तरीको अध्यक्षतामा तथा निरु सारुको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सल्लाहकार तारा सोमरेले विद्यार्थी संगठनको आवश्यकता बारे संक्षिप्त चर्चा गर्दै विद्यार्थी नगर समितिको घोषणा गर्नुभएको थियो ।

जसमाः अध्यक्ष– श्याम थापा, उपाध्यक्ष– मिना तिवारी, सचिव– दिपा लम्तरी, सहसचिव– सरिता पौडयाल र कोषाध्यक्ष– सपना शर्मा रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः मोनिका शर्मा, सुनिल केसी, सरिता पौडेल, सिमरन जिसी, लेखराज, लक्ष्मी, दिपक, रक्षा सोमरे, सरिता खनाल, नवीन सोमरे, मन्दिरा, यमुना पोख्रेल, वैकल्पिक सदस्यहरुमा कृष्ण तिवारी, दिपक लम्तरी, रेनु केसी, मनु कुवंर, भरत धमला र एक रिक्त गरि २३ सदस्यीय विद्यार्थी नगर समिति गठन गरिएको छ ।

नवनिर्वाचित समितिलाई वधाई तथा शुभकामना दिने वक्ताहरुमा केन्द्रीय सल्लाहकार देविप्रसाद पौडेल, जनजाति विभागका केयरसिहं घर्तीमगर, महिला विभागकि डोलमाया बिक, समता विभागका तिलक सोनी, ओम प्रकाश तिवारी, लालबहादुर चुदाली, शान्ता पौडेल, चन्द्र गैरे, कमला बगाले लगाएत हुनुहुन्थो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार