विभेदकारी किन भयो ?

  • सुरेशकुमार पाण्डे

मेरो देशभित्र बिदेशी अधिकार किन भयो ?
भन त यो ब्यबस्था यति लाचार किन भयो ?

हामीले छानेर पठायौँ यो देशलाई जोगाउन,
बताउ नेताहरु देश बेच्ने आधार किन भयो ?

प्रत्येक देशका सपुत लड्छन देशका लागि,
नागरिकताको आफै दोकानदार किन भयो ?

जनताले राष्ट्रियता गणतन्त्रको लागि लडे,
प्रतिगामि योजना यहाँ बारमबर किन भयो ?

भन सरकार यो देश र जनता तिम्रा होईनन्,
तिमिलाई बिदेशीसँग सधैं प्यार किन भयो ?

अरुदेशका नेता देशको लागि शहिद हुन्छन्,
बिड्मबना यँहा दलाल सरकार किन भयो ?

आफ्ना सन्तान बिदेशभरीनै छन् सेते जस्ता,
भन्नुपर्छ अब बिभेदकारी ब्यबहार किन भयो।
२६–०६–२०२१,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार