विश्वास सिरिसका आफन्तजन सम्पर्कमा

चण्डीगढ । दाङ तुल्सीपुर १६ निवासी यम बहादुर सिरिसका २९ वर्षीय छोरा विश्वास सिरिसको रेलवे लाईनमा दुर्घटना भै मृत्यु भएको चण्डीगढ पुलिस प्रशासनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई जानकारी दिए पछि मृतकको आफन्तको खोजीमा जुटेको मूल प्रवाहले १२ घण्टा भित्र फेला पारेको छ ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङका अध्यक्ष गणेश आचार्यको सहयोगमा मूल प्रवाहले विश्वास सिरिसको परिवार फेला पारेको हो । विश्वासका परिवारले मृतकको शव दाहासंस्कारका लागि स्थानीय वडा कार्यालयबाट मञ्जुरीनामा समेत पठाई सहेको मूल प्रवाहका उपाध्यक्ष कपिल खनालले जानकारी दिनुभएको छ । पत्रमा सिरिस परिवार दाह संस्कारका लागि चण्डीगढ पुग्न नसक्ने भएकाले पोष्टमार्टम गरि दाहासंस्कार गर्न मूल प्रवाहलाई अनुरोध गरिएको छ ।

उपाध्यक्ष खनालले दिनुभएको जानकारी अनुसार घटनाको जानकारी पहिला मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोलन नगर समितिलाई प्राप्त भएको र सोलन नगर समितिले वहाँलाई जानकारी दिइएको थियो ।

शवको पोष्टमार्टम पछि दाहसंस्कार गरिने खनालले बताउनु भएको छ ।

विश्वास सिरिसको आफन्तजनको खोजी गरौं

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार