विश्वास सिरिसको आफन्तजनको खोजी गरौं

चण्डीगढ । दाङ तुल्सीपुर १६ निवासी यम बहादुर सिरिसका २९ वर्षीय छोरा विश्वास सिरिसको रेलवे लाईनमा दुर्घटना भै मृत्यु भएको चण्डीगढ पुलिस प्रशासनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई जानकारी दिएको छ ।

समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनालले प्रशासनसँग सम्पर्क गरि आफन्तहरु नभेटिंदासम्मलाई शवको पोष्टमार्टम नगर्न अनुरोध गर्नुभएको जानकारी गराउनु भएको छ । विश्वास सिरिसका परिवारजन एवं उनलाई चिन्ने आफन्तजनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा सम्पर्क गर्नका लागि अनुरोध गरिन्छ । सम्पर्क : 9013242397/8968503050

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार