वैदेशिक रोजगारीको पीडा : दैनिक दुई जनाले गुमाउँछन् ज्यान

काठमाडौं । देशमा पर्याप्त रोजगारीको अवसर नपाउादा दैनिक सयौा युवा वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन् । विदेशमा नेपाली युवाले बेचेको श्रमबाट प्राप्त रेमिटेन्सबाटै मुलुकको अर्थतन्त्र चलायमान भइरहेको छ । तर, वैदेशिक रोजगारीको पीडा पनि उत्तिकै दु:खदायी छ ।

वैदेशिक रोजगारीमा जाने युवाहरु अनाहकमा ज्यान गुमाउने, ठगिने, महिलाहरुमाथि हिंसा हुने, बेचविखनमा पर्ने वा अन्य अपराधीको हातमा पर्ने गरेका भएपनि त्यसविरुद्ध सरकारी कदम भने प्रभावकारी बन्न सकेको छैन । त्यसबाहेक वैदेशिक रोजगारीले सृजना गरेको सामाजिक विखण्डनको अवस्था अझ भयावह छ ।

सर्वोच्च अदालतले २०७४ कात्तिक ३० गते गन्तव्य मुलुकमा हुने मृत्युको कारण पत्ता लगाउन अनिवार्य रुपमा पोस्टमार्टम गराउनेदेखि अन्य विभिन्न पााच उपाय अपनाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको भए पनि त्यसको कार्यान्वयनका लागि सरकारले कुनै ठोस प्रयास नगरेको राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक ‘आप्रवासी कामदारहरुको अधिकारको अवस्था’ विषयको अध्ययन प्रतिवेदनमा औाल्याइएको छ।

एक तथ्यांक अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीहरुमध्ये औसतमा दैनिक दुई जना भन्दा बढीको मृत्यु हुने गरेको छ । यद्यपी अवैध रुपमा विदेशमा कति नेपाली कार्यरत छन् र कति जनाको मृत्यु भयो भन्ने बारे कुनै तथ्यांक छैन ।

भारतलाई वैदेशिक रोजगारीको गन्तब्य नमानिने हुँदा त्यहाँका विभिन्न शहरमा कामको खोजीमा जाने नेपालीको तथ्यांक पनि हामीसाग छैन । यी सबैको अवस्था जोड्ने हो भने अझ भयावह तस्बिर हाम्रो अगाडि आउाछ ।

वैदेशिक रोजगार बोर्डका अनुसार दश वर्षको अवधिमा रोजगारीमा गएकामध्ये सात हजार चार सय ५५ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६५।६६ देखि २०७५।७६ सम्म आइपुग्दा १७१ महिला र सात हजार २८४ पुरुष गरी सात हजार ४५५ ले रोजगारीका क्रममा विदेशी भूमिमा ज्यान गुमाएका छन् ।

बोर्डका अनुसार आर्थिक वर्ष २०६५।६६ मा ७७, आव २०६६।६७ मा ४१९, आव २०६७।६८ मा ५६५, आव २०६८।६९ मा ६४६ र आव २०६९।७० मा ७२३ ले विभिन्न कारणबाट ज्यान गुमाएका छन्। त्यसैगरी, आव २०७०।७१ मा ८७६, आव २०७१।७२ मा एक हजार ७, आव २०७२।७३ मा ८१३, आव २०७३।७४ मा ७५५, आव २०७४/७५ मा ८२२ र २०७५र७६ मा ७५३ नेपालीले विभिन्न देशमा ज्यान गुमाएका छन् ।
सो अवधिमा सबैभन्दा बढी मलेसियामा दुई हजार ६७० युवाले ज्यान गुमाएका छन् । त्यस्तै, साउदी अरेबियामा दुई हजार ३५, कतारमा एक हजार ४५७, संयुक्त अरब इमिरेट्स् (युएई) मा ६०४ र अन्य मुलुकमा ६८९ जनाले ज्यान गुमाएका बोर्डले जनाएको छ ।

मुख्यरुपमा ह्दयको गति बन्द (कार्डियाक एरेष्ट), ह्दयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको छ । दश वर्षको अवधिमा कार्डियाक एरेष्टबाट एक हजार ३०९, प्राकृतिक मृत्युबाट एक हजार ६१७, ह्दयाघातबाट ६०३, कार्यस्थलमा दुर्घटनाबाट ६४४, आत्महत्याबाट ८९२ र सडक दुर्घटनाबाट एक हजार ३७ जनाको ज्यान गएको बोर्डले जनाएको छ । केही मृत्युका कारण अझैसम्म खुल्न सकेका छैनन् ।

वैदेशिक रोजगारीका क्रममा घाइते तथा अंगभंग हुनेको संख्या पनि निकै भयावह छ । रोजगार बोर्ड स्थापनाको एक दशकको अवधिमा एक हजार २५२ युवा अंगभंग भएर स्वदेश फिरेका छन् त कोही अझै पनि विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका छन् । अहिले पनि २७ नेपाली युवा विभिन्न मुलुकका अस्पतालमा कोमामा छन् । परिवार स्वदेशमा विक्षिप्त अवस्थामा छन् ।

झण्डै ५० को दशकदेखि वैदेशिक रोजगारीमा जाने क्रम शुरु भए पनि सुरुवातदेखि आव २०६५।६६ सम्म कति कामदारको मृत्यु भयो र तिनका परिवारप्रति राज्यले के कति दायित्व निर्वाह गर्‍यो भन्ने विषय अज्ञात नै रहेको छ । नेपालबाट २०५०।५१ मा तीन हजार ६०५ जना वैदेशिक रोजगारीमा गएका सरकारी आाकडाले देखाउाछ । यो संख्या आव २०७०/७१ मा आइपुग्दा वार्षिक पााच लाख १९ हजार ६३८ पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउाछ । पुन: श्रम स्वीकृति लिने र अनौपचारिक तबरबाट विदेश जानेको संख्या पनि निकै ठूलो रहेको छ। अझै पनि केही युवा आकर्षक रोजगारीको खोजीमा भारत हुँदै तेस्रो मुलुक जाने गरेका पाइन्छ ।

विश्व बैंकको एक तथ्यांकनुसार झण्डै आधा संख्याका घरधुरीका परिवारिक सदस्यमध्ये कोही न कोही विदेशमा या विदेश गएर फर्केका छन् । गत आवको जेठ मसान्तसम्म ४५ लाख ९९ हजार ५६७ युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् जसमध्ये महिला दुई लाख १८ हजार २७३ छन् ।

सीमावर्ती जिल्लाका साथै पश्चिम नेपालका अधिकााश भू–भागबाट रोजागारीका लागि भारत जाने नेपालीको संख्या पनि अधिक छ जुन तथ्यलाई चाडपर्वका क्रममा सीमानाका हुँदै स्वदेश फिर्ने नेपालीको लर्कोले पुष्टि गर्छ । यसको व्यवस्थित अभिलेख भने राख्ने गरिएको छैन । विसं २०६८ को जनगणनाअनुसार पााच लाख ९० हजार नेपाली रोजगारीका लागि भारत पुगेका छन् ।

नेपालले ११० मुलुकलाई संस्थागत रूपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ भने व्यक्तिगत श्रम स्वीकृतिमा करीब १७२ मुलुकमा नेपाली कामका लागि गएको पाइन्छ । पछिल्लो समय सरकारले द्वन्द्वग्रस्त मुलुक लिबिया, आफगानिस्तान र इराकमा सुरक्षाका कारण देखाउादै रोजगारीमा जान प्रतिबन्ध लगाएको छ ।

नेपाली कामदारका मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । वैदेशिक रोजगारमा जाने नेपालीको पछिल्लो आाकडा समग्रमा अध्ययन गर्दा मलेसिया र खाडी मुलुकहरूले ८६.४२ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । पछिल्लो समय सरकारले गन्तव्य मुलुकको विविधीकरण गर्दै गुणस्तरीय रोजगारीको खोजीमा विकसित मुलुकमा पनि नेपाली कामदार पठाउने गरी संवाद अगाडि बढाएको छ । हालै नेपाल सरकारले जापानसाग समझदारीसमेत गरेको छ । त्यस्तै यूरोपका बेलायत, पोर्चुगल, माल्टालगायत मुलुकसाग रोजगारीको सम्भावनामाथि द्विपक्षीय संवादलाई तीव्रता दिएको छ ।

यसरी वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष कामदार १.५, अर्धदक्ष २४ र अदक्ष कामदार ७४.५ प्रतिशत छन् । यसअघिको पाठ सिक्दै सरकारले अब नेपाली युवालाई दक्ष बनाएर रोजगारीमा पठाउने नीति नै अख्तियार गरेको छ । शीपयुक्त जनशक्ति पठाएपछि जोखिम कम हुने र आकर्षक कमाइ हुने सरकारको विश्वास छ ।

विभागका अनुसार आव २०७५/७६ को जेठ मसान्तसम्म मलेसियामा १३ लाख २० हजार ९८९, कतारमा १२ लाख ६७ हजार ७४५, साउदी अरबमा नौ लाख २२ हजार २५९ र युएईमा छ लाख २८ हजार ९२१ नेपाली श्रम स्वीकृति लिएर गएका छन् ।

नेपाल राष्ट्र बैंकबाट प्रकाशित पछिल्लो अभिलेखअनुसार आव २०५०/५१ मा विप्रेषण आप्रवाह रु दुई अर्ब १५ करोड रहेकामा आव २०७५/७६ को असार मसान्तसम्म रु आठ खर्ब ७९ अर्ब २७ करोड पुगेको छ । तेस्रो घरपरिवार सर्वेक्षणअनुसार वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण मुलुकको ५५.८ प्रतिशत घरधुरीमा पुगेको छ । मुलुकका करीब ३१ लाख घरपरिवारले प्रतिपरिवार औसत रु ८० हजार ४०० का दरले नियमित रुपमा विप्रेषण प्राप्त गरिरहेको सर्वेक्षणले देखाएको छ ।

विप्रेषण आप्रवाहले केहीको घर चलेको भए पनि वैदेशिक रोजगारीमा गएका अधिकााश युवाको घरबार अस्तव्यस्त बनेको छ । कतिपयको परिवार विखण्डनमा परेको छ । युवा पंक्ति खाडीको धुपमा जोतिादा विशेष गरी बालबालिका र वृद्धवृद्धाले ठूलो सकस व्यहोर्नुपरेको छ । बालबच्चाको शैक्षिक भविष्यको बाहनामा शहर झर्ने प्रवृत्तिले सामाजिक विकृति बढाएको छ। वृद्धावस्थामा छोराछोरीको समिपमा रहने वृद्ध बाबुआमाको चाहनामा ठूलो तुषारापात भएको छ ।

खाडीको चर्को घाममा पारिवारिक सुखका लागि रगत पसिना बगाउादा पनि श्रीमान्–श्रीमतीले एकअर्कामाथि गर्ने अनावश्यक शंकाले परिवार विखण्डनको अवस्थामा पुगेको प्रशस्त उदाहरण समाजमा भेटिन्छन् ।
बालबालिकाले बाबा, आमाको काखमा बस्न, खेल्न पाएका छैनन् । रोजगारीका सिलसिलामा विदेशिएका व्यक्तिका श्रीमती विविध प्रकारको हिंसा खेप्न बाध्य छन्। उनीहरु सामाजिक, आर्थिक, यौनिक र घरेलु हिंसा सहन बाध्य भएको प्रतिवेदनमा औाल्याइएको छ ।

यस्तै, विवाह भएपछि श्रीमान् वैदेशिक रोजगारीमा जानेका श्रीमती बढी सामाजिक हिंसाको शिकार हुने गरेका छन् । विवाह भएको छोटो समयमा वैदेशिक रोजगारीमा जाने युवाका श्रीमती तथा सानो उमेरमा विवाह गरी छाडेर वैदेशिक रोजगारीमा जाने युवाका श्रीमतीलाई यस्तो हिंसा धेरै हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगारी तथा विप्रेषण आप्रवाहका कारण खेतीयोग्य जमीन बााझो रहनु, स्थानीय उद्योगमा श्रमशक्तिको अभाव हुनु, श्रमको लागत बढ्नु, उपभोग संस्कृतिको विकास हुनु, पारिवारिक सम्बन्धमा विचलन आउनु, आर्थिक परनिर्भरता बढ्नु जस्ता नकारात्मक परिणाम पनि देखापरेका प्रतिवेदनले औाल्याएको छ ।

यस्तै, राम्रो कमाई हुने आशले मानिसहरुले लाखौा रुपैयाा खर्च गरेर विदेश जान तयार हुँदा ठगिने, बेचविखनमा पर्ने वा अपराधिका हातमा पुग्ने गरेका उदाहरणहरु पनि प्रशस्त छन् ।

वैदेशिक रोजगारी भनेर लैजाने, पछि जबरजस्ती काममा लगाउने, बन्धक बनाएर राख्ने, पैसा ठगी गर्ने, बीचैमा भागेर अलपत्र बनाउने खालका दलाल अहिले सक्रिय छन्। बेचविखनमा पर्नेहरुमा अधिकांश महिला छन् । विदेशमा कैयौा नेपाली महिलाहरु यौन हिंसाको शिकारसमेत भएका छन् ।

आर्थिक वर्ष २०७४।७५ को अभिलेखमा मानव बेचविखनमा परेका ५४६ जनामा महिला ४२७ जना छन् । ठूलो संख्यामा बेचविखनमा परे पनि उजूरी गर्ने महिलाको संख्या भने न्यून छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार