वैशाख २३ मा आमचुनाव प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ गते आम चुनाव प्रस्ताव गर्नुभएको छ । संसद विघटनको सिफारिस लिएर राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका प्रधानमन्त्री ओली वैशाख २३ गते आम चुनावको प्रस्ताव गरेर फर्कनुभएको हो ।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानुभएको थियो ।

संसद् विघटनको सिफारिस र वैशाख २३ मा आमचुनाव गर्ने प्रस्ताव गरिएको स्रोतले जनाएको छ । राष्ट्रपतिबाट प्रधानमन्त्रीको सिफारिस अनुमोदन भइसकेको भने छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार