मृत गंगा प्रसाद गौतमको शव अलपत्र

उत्तर प्रदेश । प्रयागराज शाहगंज थाना क्षेत्र स्थित गढ़ी सरायमा १५ नोभेम्बर २०१९ का दिन ७० वर्षीय एक वृद्धको मृत्यु भएको जानकारीमा आएको छ । उनको शव दाहसंस्कार गर्नका लागि हालसम्म आफन्तजनको उपस्थिति नभएकाले समस्या आइरहेको इल्लाहवाद देखि हामीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्य लक्ष्मीप्रसाद ज्ञावलीले जानकारी दिनुभएको छ ।

उनको स्वास्थ्यमा आएको खराबीका कारण मृत्यु भएको स्थानीय काल्विन अस्पतालले जनाएको छ । स्थानीय प्रहरीलाई प्राप्त कागजातका अनुसार उनको जन्मस्थान ओखलढुंगा, साविक टेक्सेल गाविस २, स्थायी बासस्थान सिन्धुली दुधौली ४ निवासी गंगा प्रसाद गौतम रहेको खुलेको छ ।

उनलाई नजिकबाट चिन्ने तथा जान्ने आफन्त जो सुकैले इल्लाहवादमा लक्ष्मी प्रसाद ज्ञावलीलाई +91979327-4325 मा तुरुन्त सम्पर्क गर्न अनुरोध गरिन्छ ।

मृत गंगाप्रसादको शव आज १७ नोभेम्बर २०१९ का दिनसम्म आफन्तको खोजि कार्यमा लाग्ने र कुनै पनि आफन्तजनको सम्पर्क नभएको आवस्थामा भोली १८ नोभेम्बर २०१९ का दिन लावारिस शवको रुपमा दाहसंस्कार गरिने स्थानीय प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार