शिक्षा र स्वास्थ्यलाई सस्तो र सुलभ बनाउनु पर्छ : तारा जिसी

टेकराज भुसाल
बुटवल । बुटवलका तीन जना युवाको करिव २५ लाखको लगानीमा अत्याधुनिक प्रविधिबाट बुटवलको पुष्पलाल पार्क नजिकै लर्ड बुद्ध दन्त सेवा शनिबारदेखि शुभारम्भ भएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउनु पर्ने र स्वास्थ्य सेवा प्रभावकारी नहुँदा सर्वसाधारण नागरिकले ज्यान गुमाउनु परेको भन्दै सर्वसाधारणको स्वास्थ्यप्रति जवाफदेही भएर स्वास्थ्य सेवा सर्वशुलभ बनाउन स्वास्थ्य सेवा सञ्चालकहरुलाई सरोकारवालाले सुझाव दिएका हुन् ।

लर्ड बुद्ध डेण्डल क्लिनिक उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद तारा जिसीले हरेक नागरिकलाई स्वास्थ्यको पहुंचमा पुराउने गरी सस्तो र गुणस्तरीय सेवा दिनु पर्ने बताउनुभयो । स्वास्थ्य उपचार सेवा महंगो भएकाले गरिवीका रेखामुनी रहेका जनताले उपचार गराउन नसकेका कारण मृत्यु हुनु परेको बताउनुभयो ।

देशमा दिन प्रतिदिन बढ्दै गएको भ्रष्टाचारलाई न्यूनीकरण गरेर शिक्षा र स्वास्थ्यलाई सस्तो र सुलभ बनाउनु पर्ने जिसीले बताउनु भयो ।

शिक्षा, स्वास्थ्य निःशुल्क गराउने दायित्व सरकारको भएको उल्लेख गर्दै तिनै तहका सरकारले जनताप्रतिको दायित्व पुरा गर्न नसकेको समेत जिसीले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल डेण्टल हाइजेनिष्ट एशोसिएसनका महासचिव अमृत भुसाल, डाक्टर तिर्थनारायण शाह, डाक्टर गान्धीराज उपाध्याय, रुपन्देही व्यापार संघका निवर्तमान अध्यक्ष पदम श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिलकुमार श्रेष्ठ, ढुण्डीराज शर्मा, दिनेश दर्नाल लगायतले बोल्दै चेतनाको अभावले दांतका रोगीहरुको संख्या बढेको बताएका थिए ।

कार्यक्रम लोकराज भुसालको अध्यक्षता, महिमा भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार