शुभकामना

ठाकुर खनाल, सचिव

नेपाली एकता मासिक प्रत्रिका मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मासिक बुलेटीन भारतस्थित नेपालीहरूको बिचमा मात्र हैन नेपालका न्यायप्रेमी देशभक्तहरूको बिचमा पनि अत्यन्तै लोक प्रिय थियो । तात्कालिन तानाशाही पञ्चायती व्यावस्थाले जनताको बोलने लेख्ने मौलिक स्वतन्त्रता माथीको बन्देज गरेको अवस्थामा प्रेस माथी सेंसरसिप थियो । कुसैले पञ्चायती व्यवस्थाको विरूद्ध अभिव्यक्ती दिएको खण्डमा यहासम्म की पञ्चेहरूको शोषण दमन या कालाकारनामाहरूको विरोध गरे पनि त्यसलाई राजकाज मुद्दा लगाई सजाए दिने भएको हुँदा भारतमा प्रकाशित हुने नेपाली एकता प्रत्रिकाको अत्यन्तै ठूलो महत्व थियो । भारतिय न्यायप्रेमी जनतासँगको मित्रतालाई अझ दरिलो बनाउन हिन्दी अँग्रेजी भाषामा समेत गरि तिन भाषा समाग्री सहित प्रकाशित हुने पत्रिकामा महत्वपूर्ण लेख क्रातिकारी कविता र के के भन्छे फुचुङग्री पनि छेडके व्यंगको आफैमा भरिपूर्ण समाग्रीहरूले सबैको मन छुने गरेको थियो ।

भारतको राजधानी दिल्लीबाट निस्कने नेपाली एकता पत्रिका भारतस्थित नेपालीहरूको हक हितको लागि मात्रै हैन सिंगो देशको राजनैतिक अवस्थाको बारेमा सविस्तार विश्लेषण गर्नुका साथै त्यसलाई परिवर्तन गर्न क्रातिकारी मार्ग दर्शन समेत गर्ने भएको हुँदा नेपालमा समेत पत्रिकाको माग हुने गर्दथ्यो । घर जाने साथीले कैयौं नया पुराना अंकहरूलाई झोला या बाक्साको पिथमा लुकाएर पुर्‍याउने र वितरण गरिने काम हुन्थ्यो । नेपालमा पत्रिकाको एउटा कपी कैयौं व्यक्तीको हातमा पुग्थ्यो । यस अर्थमा नेपाली एकता पत्रिकाले नेपालीहरूमा सांस्कृतीक रूपान्तरण समेत गर्‍यो । भारतबाट बिदामा स्वदेश फर्केका नेपालीहरू चिनी चियापत्तीको पाहुर (कोषेली) भन्दा पनि न्यायको लागि बैचारिक चेतना सहित नेपाली एकाता पत्रिका पाउँदा थप उत्हाहित हुन्थ्ये । त्यसैले एउटा गित ‘सुनबुट्टे रेशमी साडी ल्याउन मैले पाईन, नेपाली एकता हेर बरिलैँ’ अत्यन्तै लोकप्रिय भएको थियो ।

नेपाली एकतालाई स्थापित गर्न कैयौं साथीहरूको योगदान छ । नेपाली एकता पत्रिका काम गर्ने दौरान मै सरोज शर्मा (सोभाखर धनन्जय)को दिल्लीमा पञ्चायती व्यवस्थाको षडयन्त्रमा नै हत्या भएको थियो । साधन श्रोतको अभावमा पत्रिका निकाल्नु अत्यन्तै कठिन थियो । त्यसका वावजुद निरंतररूपमा प्रकाशित प्रत्रिका भारत सरकारको प्रेसबारे भएको बदलावका कारण बन्द हुन पुगेता पनि त्यसलाई मूल प्रवाह, विश्व नेपाली र हाल नेपाली समाचारको निरंतर प्रकाशनले पुरा गरिहेको छ । तर पनि टेक्नोलोजीमा भएको रूपान्तरणले बदलिदो युग संगै हामीले हाम्रो संसाधनलाई पनि परिमार्जित गर्नु पर्ने आवश्यकता हुन्छ । त्यसैको क्रममा नेपाली एकता डटकम र मोबाइल एप्लीकेशनको रूपमा पुन: नेपाली एकताको शुभारंभ भएको छ । नेपाली एकता अनलाईन र मोबाईल एप्लीकेशनले नेपाली एकता मासिक बुलेटिनको स्प्रीटलाई अगाडी बढाई वर्तमान समाजमा विद्यमान तमाम प्रकारको विभेदको अन्त गर्न, देशको राष्ट्रियता, जनतन्त्र जनजिवी र क्रान्तिकारी रूपान्तणको पक्षमा निरंतर अगाडी बढन सफल हुनेछ भन्दे मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४०औं स्थापना दिवसको अवसरमा तथा नेपाली एकता डटकमको उत्तरोत्तर प्रगतिको शुभकाना टक्राउँछु ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार