शैक्षिक प्रभावकारिताका लागि विद्यालय अनुगमन

नवराज पौडेल
चन्द्रौटा कपिलवस्तु, १५ फागुन । कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा विहीबार अनुगमन गरिएको छ । शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुको संयोजकत्वमा नगरस्थित बृहत विद्यालय सुरक्षा कार्यक्रम सञ्चालन भएका विद्यालयहरुमा अनुगमन गरिएको हो ।

युनिसेफको सहयोगमा शिवराजका ११ विद्यालयमा सञ्चालन भएको बृहत विद्यालय विपद् व्यवस्थापन कार्यक्रमको प्रभावकारिताबारे अनुगमन गरिएको युनिसेफकी शिक्षा प्रमुख मन्जु वाग्लेले बताउनु भयो ।

कार्यक्रम अन्तर्गत विद्यालयमा स्वच्छ फिल्टर सहितको खानेपानी ट्याङकी निर्माण, शौचालयको व्यवस्थान, जोखिम न्यूनीकरणका लागि रेलिङ निर्माण र रङरोगन गरिएको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक सिताराम चौधरीले बताउनुभयो । आगामी दिनमा विद्यालयलाई व्यवस्थित रुपमा अगाडि बढाउन सहयोगको खाँचो रहेको औल्याउनुभयो । यसैबीच अनुगमन टोलीले नगरका अन्य विद्यालयकाको समेत अनुगमन गरेको शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिनुभयो । अनुगमनका क्रममा विद्यालयमा के कस्तो पठन पाठन भइरहेको छ विद्यालयमा व्यवस्थानमा के के काम कुरा गर्न गर्न बाँकी भन्ने विषयको समेत जानकारी लिइएको थियो ।

अनुगममनमा नगर उपप्रमुख शिवकुमारी थारुसहित शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख लोकराज पन्थी, युनिसेफकी शिक्षा प्रमुख मन्जु वाग्ले, वडा नम्वर १ का वडाध्यक्ष जगत बहादुर जिसी, वडा नम्वर ९ का वडा अध्यक्ष चुर बहादुर खड्का, शिक्षा शाखा अधिकृत पूर्ण बहादुर विश्वकर्मा, प्रदिप अधिकारी र संचारकर्मी नवराज पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार