षडयन्त्रकारीहरुको भ्रमजाल तोड्दै अगाडि बढ्दैछ : गायक

चिदम्बरम, २० नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समिति अन्तर्गत कल्लाकुर्ची एरियाको नबौं बार्षिक एरिया सम्मेलन भव्य र सानदार रुपमा सम्पन्न भएको छ ।

जीवन शर्माको उद्घोषण, रमाकान्त शर्माको अध्यक्षता र अतिथि आसनग्रहण पश्चात सहिदहरुप्रति एक मिनेट मौनधारणबाट अगाडि बढेको सो सम्मेलनमा उपस्थित जनसमुदायहरुलाई खेम प्रसाद शर्माले स्वागत मन्तव्य दिनुभएको थियो । सम्मेलनको उद्घाटन प्रमुख अतिथिको रुपमा उपस्थित मूल प्रवाह केन्द्रीय सदस्य बाला कृष्णा गायकले गर्नुभएको थियो । उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि श्री गायकले मूल प्रवाह भारतस्थित श्रमजिवी नेपालीहरुको अभिभावक र अग्रगामी संगठन भएको बताउनु भयो ।

‘४३औं बर्षको ईतिहास बोकेको यो संगठनलाई बेला बेलामा अवसरवादी तथा फुटपरास्त तत्वहरुले आक्रमण गर्दै आएका छन्’ । गायकले अगाडि भन्नु भयो– ‘यति बेला पनि मूल प्रवाहकै नाममा कथित समानान्तर समिति बनाएर अनुशासन विहिन फुटपरास्तहरुले आक्रमणको शिलशिला थालेको यो षडयन्त्रपूर्ण अवस्थामा ति अनुशासन विहिन, फुटपरास्त र षडयन्त्रकारीहरुको भ्रमजाल तोड्न यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने छ ।’

सो सम्मेलनलाई तोयनाथ शर्माले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो । सम्मेलनले एकस्थान रिक्त रहने गरि रमाकान्त शर्माको अध्यक्षामा ९ सदस्यीय कल्लाकुर्ची एरिया समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– नारायण प्रसाद शर्मा, सचिव– जीवन शर्मा, सहसचिव– खेम प्रसाद शर्मा, कोषाध्यक्ष– तोयनाथ शर्मा, सदस्यहरुमाः होम सिंह नेपाली, सिता नेपाली र गुमा देवि शर्मा रहनुभएको छ । नव निर्वाचित कार्यकारिणीहरुलाई प्रमुख अथिति श्री बालाकृष्णा गायकले बधाई एवं सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार