संघीयता आफै कमजोर भैसकेको छ, यसलाई एकजुट भएर फालौं : शर्मा

नयाँ दिल्ली । राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले संघीयता आफै कमजोर भैसकेको छ, यसलाई एकजुट भएर फाल्न आव्हान गर्नुभएको छ । नेता शर्माले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा आइतबार सम्पन्न अनलाईन विरोध सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सो धारणा प्रकट गर्नु भएको हो ।

“संघीयता खारेज गरौं । कोरोना भाइरसका विरुद्ध प्रभावकारी कदम चालौं ।” भन्ने मूल नारा अन्तर्गत राष्ट्रिय जनमोर्चाद्वारा आयोजित देश व्यापी विरोध सभाप्रति ऐक्यवद्धता प्रकट गर्दै मूल प्रवाहले भारत व्यापी आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै शर्माले भन्नु भयो– “सरकारले जनताका आधारभूत समस्याहरु समाधान गर्न सकेको छैन, हत्या, हिंसा, राष्ट्रघात, भ्रष्टाचार र अत्याचार बढेको छ, वर्तमान नेकपा सरकारले कम्युनिष्टको नाममा कम्युनिष्टको बदनाम गरेको छ ।” शर्माले अगाडि भन्नु भयो– “संघीयताले जनतामा निरासा छाएको छ, संघीयता बिरुद्व संगठित भएर आन्दोलनमा उत्रनु पर्ने आवश्यकता छ ।”

शर्माले भन्नु भयो– “संघीयताको नाममा राष्ट्रिय विखण्डन गर्ने, तराईलाई पहाडी भु–भागबाट अलग्याउने, सामाजिक सद्भाव खल्बल्याउने, साम्प्रदायिक भड्काव पैदा गराउने काम भइरहेको छ, यो कार्य कदापी नेपाली जनतालाई सह्य छैन । अनिमित्ता, भ्रष्टाचार, हत्या, हिंसा लगायत कै कारणले पनि नेपालमा संघीयता कम्जोर भइसहेको छ, त्यसैले सम्पूर्ण देशभक्त शक्तिहरु एकजुट भई फाल्नुको विकल्प छैन ।”

कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना पुनले मन्तव्य दिनुभएको थियो । पुनले संघीयता नेपालमा असफल भैसकेको बताउनु भयो । यो कोरोना महामारीमा कैयौं युवाहरुले रोजगार गुमाएर बसेका छन्, उनीहरुको व्यवस्थापन र संक्रमित व्यक्तिहरुको निःशुल्क उपचारमा समेत सरकार उदाशिन भएको बताउनु भयो । सरकारले हत्या, हिंसा, अनियमित्तामा फसेको बताउनु भयो ।

कार्यक्रम केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीको अध्यक्षता र केन्द्रीय सचिव प्रेम पौडेलको सञ्चालनबाट अगाडि बढेको थियो । ज्ञात अज्ञात शहिदहरुको संझनामा एकमिनेट मौनधारण पछि केन्द्रीय उपाध्यक्ष कपिल खनालले कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रमा समाजका महासचिव ठाकुर खनाल, सल्लाहकार धनवीर पुन, राजमो लुम्बिनी प्रदेशकी सांसद तारा जिसी, दक्षिण भारत क्षेत्रीय अध्यक्ष, महेन्द्र बस्याल, सुदुर पश्चिमोत्तर क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, पश्चिमोत्तर क्षेत्रीय का.वा. अध्यक्ष विक्रमसिंह राणा, मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेल, मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष वेल बहादुर रजाली, पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष बेद बहादुर कार्की, मध्य भारत क्षेत्रीय अध्यक्ष केवी खड्का र पूर्वि भारत क्षेत्रीय अध्यक्ष हरिप्रसाद शर्मा लगायतले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार