संघीयता खारेजीको आन्दोलनमा सुदुर पश्चिमोत्तर क्षेत्रबाट ऐक्यवद्धता

श्रीगंगानगर,

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिको आयोजनामा संघीयता विरुद्धको ऐक्यवद्धता कार्यक्रम भव्य तथा सानदार रुपमा सम्पन्न गरिएको छ ।

सभाका प्रमुख अतिथी कृष्ण जिसीसहित केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय परिषद सदस्य हुमबहादुर विक, नगरका रामप्रसाद पौडेल, समितिका महिला क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराई, वाग्मती केसी, वसन्ता नेपाली, महिला नगरकी सावित्रा विक, खेल विभागका बसन्त भण्डारी र हरि न्यौंपाने, लगाएत हुनुहुन्थ्यो ।

कार्यक्रम रेशम भण्डारीको सञ्चालनमा तथा गिरु प्रसाद न्यौपानेको अध्यक्षतामा तथा हुमबहादुर विकको स्वागतबाट अघि बढेको थियो ।

रोपड,

मूल प्रवाह रोपड नगर समितिले पनि संघीयता विरुद्ध ऐक्यवद्धता सभा सम्पन्न गरेको छ । सभामा मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदूरपश्चीमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले सम्बोधन गर्दै संघीयता खारेजीका लागि मूल प्रवाह दृढ रहेको बताउनुभएको छ ।

सभालाई सम्बोधन गर्ने अन्य वक्ताहरुमा क्षेत्रीय सदस्यहरु शिवलाल लामीछाने र खगी थापा, जनजाति क्षेत्रीय विभागका बिल बहादुर गुरूङ, सोभाराम सापकोटा, महिला विभागकी लक्ष्मी गुरूङ, मन्जू थापा लगाएत हुनुहुन्थ्यो ।

टेक बहादुर थापाको सञ्चालनमा तथा भक्त बहादुर थापाको अध्यक्षतामा सम्पन्न ऐक्यवद्धता कार्यक्रममा कलाधर सापकोटाले स्वागत गर्नुभएको थियो।

चण्डिगढ,

यता, चण्डिगढमा पनि मूल प्रवाहले ऐक्यवद्धता सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले देशव्यापी रुपमा भइरहेको राजमोको संघीयता विरुद्धको कार्यक्रमप्रति ऐक्यवद्धता प्रकट गर्दै देशलाई विखण्डन हुनबाट बचाउन संघीयता खारेज गर्नुपर्ने बताउनुभयो ।

नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षता तथा सचिव तेज बहादुर रोकाद्वारा सञ्चालन गरिएको कार्यक्रममा उपाध्यक्ष वालाराम न्यौंपानेले स्वागत गर्नु भएको थियो ।

सभामा केन्द्रीय सल्लाहकार तिलक पौडेल, केन्द्रीय सल्लाहकार एंव नेपाली समाचार संयोजक खिमराज चालिसे, सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला क्षेत्रीय सचिव जुना चालीसे, समता केन्द्रीय विभागका बिनु नेपाली, महिला क्षेत्रीय सदस्य सिमा खडका, नगर सदस्य सरस्वता भुसाल, जनजाति विभागका थमन थापा, रक्तिम विभागका अर्जुन विक, विद्यार्थी क्षेत्रीय सदस्य सदस्य सुरज चालिसे, विद्यार्थी नगर अध्यक्ष नारायण आचार्य, बाल विभागका संदीप विक, मोहाली एरियाका लिला विक, सिटि एरिया अध्यक्ष दुर्गा विक, इन्डस्ट्रीयल एरिया सचिव थानेश्वर पाण्डे, मध्यसिटि एरियावाट लक्ष्मण पाण्डे लगाएत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

लुधियाना,

यसैगरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना तथा लुधियाना फोकल पाइन्ट नगरसमितिको संयुक्त आयोजनामा संघीयता विरुद्ध ऐक्यवद्धता कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ । मान बहादुर थापाको अध्यक्षतामा तथा मान बहादुर आलेको संचालनमा सम्पन्न सभामा गणेश विकले स्वागत गर्नुभएको थियो ।

सो सभालाई मूल प्रवाह क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष उदैसिंह चन्दं, क्षेत्रीय सदस्य रामचन्द्र पौडयाल, रक्तिम विभागका नारायण पोखरेल, लुधियाना नगरसमितिका भगत विक र माधव भट्टराई, समता विभागका शंकर परियार, महिला विभागवाट दिपा चन्दं र सिवीललाइन एरियावाट पदम पोख्रेल लगाएतले सम्बोधन गर्नु भएको थियो ।

हिसार,

यता, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसारको आयोजनामा सो आन्दोलनलाइ समर्थन गर्दै ऐक्यवद्धता सभाको आयोजना गरिएको छ । नगर सचिव तारा सोमरेको सञ्चालन र नगर उपाध्यक्ष बाबुराम शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न अतिथीहरुको अतिथी आशन आग्रह पश्चात विष्णु गौतमले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य एंव नगर अध्यक्ष नन्दबहादुर लम्तरी, महिला विभाग क्षेत्रीय समितिकी सदस्य निरु सारु, सीता पोख्रेल, लालबहादुर चुदाली, दुर्गा शर्मा, विष्णु जिसी, सुरेस क्षेत्रीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार