संयुक्त टोल भेला सम्पन्न

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समिति अन्तर्गत दुर्गा कलोनीमा श्रमजिवी नेपालीहरुको विचमा टोल भेलाको सम्पन्न भएको छ । भेलामा सुदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य आत्मराम न्यौंपाने र सल्लाहकार तथा नगर सचिव तारा सोमरेले मूल प्रवाहको विधान र संगठन आवश्यकता सम्बन्धि व्यापक क्लास तथा छलफल चलाउनु भएको थियो ।

निरु सारुको अध्यक्षता तथा कमला वगालेको सञ्चालनमा सम्पन्न सो भेलाले दुई वटा ११–११ सदस्यीय टोल समितिहरुको गठन गरेको छ ।

जस मध्य टोल समिति ए माः अध्यक्ष– पार्वती पौडेल, सचिव– नविन वगाले, कोषाध्यक्ष– छत्र बहादुर सारु, सदस्यहरुमाः कमला वगाले, ओमकला पौडेल, माया राज्कोटी, विजय वलाल, यम वलाल, निरज वलाल, सुरेश क्षेत्री र पुरन पुन रहनुभएको छ ।

त्यस्तै टोल समिति वि माः अध्यक्ष– कुसुम सोनी, सचिव– भिम वलाल, कोषाध्यक्ष– रामप्रसाद पौडेल, निरु सारु, छवि वलाल, रिता पुन, विष्णु नेपाली, डिलु वलाल, सुर्य रेग्मी, चित्र रास्कोटी र ढालबहादुर कार्की रहनुभएको छ ।

नवगठित समितिहरुलाई विजय वलाल र शुरेश क्षेत्रीले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार