संविधान संशोधन विधेयकमा सबै दलको समर्थन

काठमाडौं । लिम्पियाधुरा सहितको नक्सा समेटिएको निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने सबै दलका सांसदले सरकारलाई धन्यवाद दिएका छन् ।

अहिलेसम्म संविधान संशोधन विधेयकबारे मौन रहेको संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले समेत समर्थन जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेकी हुन् । छलफलमा भाग लिँदै सांसदहरूले संविधान संशोधनसँगै अब भूमि फिर्ताका लागि पनि सरकारलाई साथ रहने बताए ।

वार्ताको लागि ताकेता गर्दा भारतबाट प्रतिक्रिया नआएकोमा नेपाल अचम्मित : ज्ञावली

नेकपाका सांसद खगराज अधिकारी, कांग्रेसका गगन थापा, मिनेन्द्र रिजाल, राष्ट्रिय जनमोर्चाकी दूर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, नेकपाका कृष्णभक्त पोखरेल, कांग्रेसका बालकृष्ण खाँड,जसपाका राजेन्द्र श्रेष्ठ, शान्ता चौधरी, तुलसी थापा, गंगा चौधरीलगायतले नक्सा प्रकाशन र संविधान संशोधन गरेर सरकारले राष्ट्रियताको पक्षमा पहिलो पटक ऐतिहासिक काम गरेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार