संशोधन प्रस्तावको प्रकाशित पुस्तक विमोचन

बुटवल, चैत २४ । राष्ट्रिय जनमोर्चाद्वारा प्रतिनिधि सभामा संविधान संशोधनको लागि प्रस्तुत संशोधन प्रस्तावको प्रकाशित पुस्तक संविधान संशोधन विधेयक विमोचन भएको छ ।

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले पुस्तकको विमोचन गर्नुभएको हो ।

विमोचनमा प्रतिनिधि सभामा उक्त संशोधन प्रस्ताव प्रस्तुत गर्ने राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले संशोधन प्रस्ताववारे मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार