संसारभरका नेपालीहरुको अवस्था बारे ध्यान देउ : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारत र संसारभरी रहेका नेपालीको अवस्थाबारे ध्यान दिन सरकारसँग आग्रह गर्नुभएको छ । लकडाउनको अवस्थामा सम्बन्धित देशले नै त्यहाँ रहेका नागरिकहरुको सुरक्षा गर्नुपर्ने भएकाले विदेशमा रहेका नेपालीहरुको अवस्थाबारे सरकारले चासो राख्नुपर्ने केसीले बताउनुभएको छ ।

भारतीय सीमासहित कतिपय देशमा नेपालीहरु अलपत्र परेका समाचार आइरहँदा त्यसबारे पार्टीको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष केसीले विदेशस्थित नेपालीको व्यवस्थापनको ख्याल गर्न सरकारसँग आग्रह गर्नुभएको हो ।

अध्यक्ष केसीले बुधबार एक वक्तव्य प्रकासित गरी भन्नुभएको छ,
‘नेपालका बिभिन्न सीमाहरुमा ठूलो संख्यामा भारतका बिभिन्न स्थानहरुबाट आएका नेपालीहरुको अवस्थाप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षण भएको छ । विश्व स्वास्थ्य संगठन पोर्टुकल व्यवस्था अनुसार अहिले संसारमा जुन प्रकारको स्थिति उत्पन्न भएको छ, त्यो अवस्थामा कुनै पनि देशमा भएका विदेशी नागरिकहरुलाई सम्बन्धित देशहरुले नै व्यवस्था गर्नुपर्दछ ।

त्यस अनुसार भारत मात्र होइन, संसारका सबै देशहरुमा भएका नेपालीहरुको समुचित व्यवस्था भएको छ कि छैन ? त्यसबारे आवश्यक ध्यान दिनाको लागि हामीले सरकारसित अनुरोध गर्दछौँ । त्यही प्रकारले नेपाल–भारतको बिभिन्न सीमाहरुमा रोकिएर बसेका नेपालीहरुको समुचित व्यवस्था र समस्या समाधानका लागि पनि आवश्यक ध्यान दिन हामीले सरकारसँग अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार