सन्देश छोडी गयो दशैं

जनकराज पौडेल

कोरोना महामारी संगै आयो दशैं
केहि अपवाद छोडी
सबैलाई लाग्यो दशैं
केहि अदृष्य पर्दा उधार्यो दशैं
थुनेरको बिरालो म्याऊ गरि छाड्यो दशैं
आयो दशैं केहि सन्देश छोडि गयो दशैं ।

निधार भरि टिका शिरमा
जमरा लपक्कै लाग्यो दशैं
धर्म संस्कृति एउटै होईन
तर धर्मको आँडमा प्रायमा छायो दशैं
संस्कृति समय अनुसार परिबर्तन
भएको छैन दशैं
भौतिक बादमा विश्वास अझै मानेन दशैं

जनै काट्दै हिड्नेहरुलाई
झन धेरै लाग्यो दशैं
ब्राह्मणबाद भन्दै निम्छरिलो
सोंच,
बर्ग नचिन्नेहरुलाई
विचित्रसँग छायो दशैं
नाटक, नाटक हो भन्ने सन्देश
छोडी गयो दशैं
जनता, जनता नै हुन्
तर कट्टर भौतिकबादीको
चिनारी दिई छाड्यो दशै ।
धर्म र संस्कृति फरक हुन्
हामीलाई बुझाउन सकेन दशैं
प्रगतिबादी नभए पनि
प्रगतिशिल पनि हुन सकेन दशैं
बस्तुको पर्दशनीमा ढुब्यो दशैं
तड्क भड्क, हौसियत ग्रस्त भयो दशैं
संस्कृति प्रर्वदन भएन दशैं
विकृति विसंगति संक्रमित भयो दशैं
गरिवको लागि दशा हुँदै आयो दशैं
अहिले पनि यहि सन्देश दिएर गयो दशैं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार