सभामुखमा अग्नि सापकोटा निर्विरोध

काठमाडौ“ । लामो समयको रस्साकस्सीपछि सभामुखमा सत्तारुढ नेकपाका नेता अग्नि सापकोटा निर्विरोध चयन हुने भएका छन् । मङ्गलबार सापकोटाको मात्रै उम्मेदवारी परेको हो । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचित सापकोटा प्रचण्ड निकट नेता हुन् ।

सभामुखको औपचारिक घोषणा १२ गते बस्ने प्रतिनिधिसभाको बैठकले गर्ने संसद सचिवालयले जनाएको छ । संसद् सचिवालयले मङ्गलबार ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दिने कार्यतालिका प्रकाशित गरेको थियो । कांग्रेसले उपसभामुख पाउनुपर्ने दाबीसहित सभामुखमा उम्मेदवारी दिएन । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार राजीनामा दिएपछि सो पद पनि रिक्त भएको छ ।

असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो । आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार