सरकारको लापरवाहीले, कोरेन्टाइनको भान्सेलाई समेत पोजिटिव

दाङ । नेपाल सरकारको कोभिड–१९ नियंत्रण सम्बंधित सामान्य प्रकारसम्मको पुर्व तैयारी नभएको हुँदा देशव्यापी कोरोमा संक्रमण तीव्र गतिमा बढ्दै छ ।

त्यसको चपेटामा आज दाङ जिल्लाको पूर्वी वेल्टमा पर्ने बंगलाचुली गाउँपालिका ६ मा गम्भीर प्रस्थिति उत्पन्न भएको छ । बंगलाचुली ६ भुट्नेटा, टोड्क्लेख, बचेनी र रिभान गरी ४ स्थानमा बनाइएकको क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण “पीसीआर” जाँच पछी वडा सदस्य, व्यवस्थापन सहयोगी र भान्से लगायत ४४ जनामा कोरोना संक्रमण पोजिटिभ भेटिएको छ ।

आधारभुत स्वास्थ्य केन्द्रको इन्चार्ज अ. हे.व. बासुदेव महराले दिनुभएको जानकारी अनुसार उनीहरुलाई आजै दाङको बेल्झुन्डीमा बनाइएको आइसियुलेसनमा रेफर गरिएको छ ।

हिजो शनिवार बिहान सोही क्वारेन्टाइनमा बसेका माण्डवी गाउँपालिका ४ उदयपुरकोट आँपचौरका १८ वर्षिय युवकले अल्पायु मै ज्यान गुमाएका थिए ।

कोभिड– १९ विश्वव्यापी संक्रमणबाट उत्पन्न भएको असहज परिस्थितिले गर्दा गत २ हप्ता अगाडि इण्डियाको विभिन्न स्थानहरुबाट वहाँहरु सबै जना नेपाल फर्कनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार