‘सरकारले सर्वोच्चको आदेश अपहेलना गर्‍यो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सरकारले विदेशस्थित नेपालीहरुलाई आफू बसेकै स्थानबाट मतदानको व्यवस्था मिलाउन पुनः माग गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा यसबारे व्यवस्था नगरेर सरकारले सर्वोच्च अदालतको आदेशको समेत अपमान गरेको मसालले ठहर गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहले शनिबार जारी गर्नुभएको वत्तलव्यको बुँदा नं १३ मा उल्लेख छः ‘सर्वोच्चले विदेशस्थित नेपालीहरूलाई आफू बसेका देशहरूबाट नै मतदानको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । तर यो सालको बजेटले पनि त्यसको व्यवस्था मिलाउनको लागि कुनै ध्यान दिएको छैन । यो सर्वोच्च अदालतको आदेशको अवहेलना नै हो । सरकारको त्यसप्रकारको नीतिको हामीले कडा आलोचना गर्दछौँ ।’

नेकपा (मसाल) ले रोजगारीको शिलशिलामा विदेशमा रहेका लाखौं नेपालीहरु देशको राजनीतिक प्रक्रियामा सामेल हुनबाट बञ्चित रहेका भन्दै उनीहरुलाई आफू बसेकै स्थानबाट मतदानको व्यवस्था मिलाउन लगातार माग गर्दै आएको छ ।

यस सम्बन्धमा सर्वोच्च अदालतले पनि विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सरकारका नाममा आदेश जारी गरिसकेको छ । तर, सरकार र सत्ताधारी दलहरुले यसको वेवास्ता गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार