साईप्रस नेपाली एकता समाजद्वारा क्यानसर पिडितलाई सहयोग

साइप्रस । साईप्रस नेपाली एकता समाजको केन्द्रीय समितिले क्यानसर पिडितलाई आर्थिक सहयोग गरेको छ ।

समाजका उपाध्यक्ष चन्द्र बहादुर वलीको पहलमा साईप्रसको लिमासोलस्थित घरेलु कामदारको रुपमा कार्यरत क्यान्सर पिडित देविका नेपाल तामाङलाई सो आर्थिक सहयोग गरिएको हो ।

बाग्मती अंचल, सिन्धुपालचोक जिल्ला निवासी रविचन्द्र नेपालकी नातीनी लोकनाथ नेपालकी छोरी, कोशी अञ्चल झापा जिल्ला, धरान– १८ निवासी राजेश तामाङकी श्रीमती देविका नेपाल तामांङले साईप्रस नेपाली एकता समाजलाई आर्थिक सहयोगका लागि गरेको अनुरोधमा समाजले वहाँको अवस्था हेरी ३७०/- युरो (अक्षरुपी तिन सय सत्तरी युरो) नेपाली रुपैयाँ ५१,४००/- एकाउन्न हजार चार सय आर्थिक सहयोग गरेको हो ।

साईप्रस नेपाली एकता समाजका प्रतिनिधि जीवराज पोख्रेल मार्फत सहयोग हस्ताक्षर गरिएको समाजकी कोषाध्यक्ष बिन्दु खड्काले हामीलाई जानकारी गराउनु भएको छ ।

देविका नेपाल–तामाङको लागि सहयोग गर्ने साथीहरुको नामावली निम्न प्रकार रहेको छ ।

१. बिन्दु खड्का १० युरो
२. बबिता गुरुङ १० युरो
३. मन्जु लिम्बु १० युरो
४. चन्द्र बहादुर वली ५० युरो
५. देवेन थापा ५० युरो
६. खिमान थापा ५० युरो
७. तारा मास्किल १० युरो
८. यामी मगर १५ युरो
९. ईश्वर बहादुर घर्ती २० युरो
१०. बिनोद केसी १५ युरो
११. जिवराज पोख्रेल १५ युरो
१२. सरिता मल्ल १० युरो
१३. राधिका कार्की ०५ युरो
१४. नरदा कार्की ०५ युरो
१५. बिना मानन्धर १० युरो
१६. शान्ती शाही १० युरो
१६. बबिता रोका मगर २० युरो
१७. रिता थापा क्षेत्री १० युरो
१८. रामु कुवंर १० युरो
१८. कबिता गोले १० युरो
२०. नमराज केसी १० युरो
२१. सिता लिम्बु १० युरो
२२. बिना मान्नधर १० युरो
२३. ममता ५ युरो

विश्व नै कोभिड १९ को प्रकोपबाट ग्रषित भएको परिवेशमा पनि त्यस चपेटाबाट प्रवासमा श्रमजिवी नेपालीहरु पनि अछुत छैनन् । यस्तो प्रतिकुल नाजुक अवस्थामा पनि आ–आफ्नै खालका समस्याहरु भन्दा अरुको समस्यालाई प्राथमिकता दिएर सो आर्थिक सहयोग गरेकोमा समाजकी महासचिव मञ्जु लिम्बुले धन्यवाद प्रकट गर्नुभएको छ । साथै लिम्बुले आगामि समयमा पनि एकता समाजलाई आर्थिक, भौतिक र नैतिक रुपमा सहयोगका लागि अपेक्षा राखेको बताउनु भएको छ । स्मरण रहोस्, साईप्रस नेपाली एकता समाजको स्थापना ३÷४ महिना पहिला मात्रै भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार