साईप्रस नेपाली एकता समाजको प्रथम भेला सम्पन्न

निकोशिया, १६ अगस्त । अन्तर्राष्ट्रिय नेपाली एकता समाज अन्तर्गत साईप्रस स्थित नेपालीहरु बीच आइतबार वृहत रुपमा प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले देवेन थापाको अध्यक्षतामा १९ पूर्ण, ६ वैकल्पिक र ९ सल्लाहकार गरि ३४ सदस्यीय साईप्रस नेपाली एकता समाज चयन गरेको छ । जसमाः प्रथम उपाध्यक्ष– चन्द्र बहादुर ओली, द्वितीय उपाध्यक्ष– कविता गोले, महासचिव– मञ्जु लिम्बु, प्रथम सचिव– जीवराज पोखरेल, द्वितीय सचिव– शान्ती शाही र कोषाध्यक्षमा विन्दु खड्का रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा ईश्वर बहादुर घर्ती, विनोद खत्री, खिमान थापा, सरिता सेन ठकुरी, रिता थापा, छवि मगर, नवराज खत्री, बविता रोका मगर, बबिता गुरुङ, सञ्जु श्रीपाली, विना मानन्धर र एक स्थान रिक्त राखिएको छ । त्यस्तै भेलाले शालिकराम घर्ति मगर, शोभा कार्की, अमृता राई, भरत लिम्बु, अनिल कुँवर र यामी मगरलाई वैकल्पिक सदस्यमा चयन गरेको छ ।

भेलाले तारा मास्की, दिल मगर, टंक पुन मगर, महेन्द्र सुनार, सपना श्रेष्ठ, रन्जीता तामाङ, मुना मगर, मनोज पन्थलाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त रहेको छ ।
चन्द्र बहादुर ओलीको अध्यक्षता र रिता थापाको सञ्चालनबाट अगाडि बढेको सो भेला समारोहमा उपस्थित जनसमुदायलाई मञ्जु लिम्बुले स्वागत गर्नुभएको थियो । कार्यक्रमको प्रमुख आतित्थ्यता अन्तर्राष्टिय नेपाली एकता समाजका देवेन थापाले गर्नुभएको थियो । संगठनको बारेमा विनोद केसीले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा तमु समाजबाट नानु गुरुंग, चितवन सेवा समाजबाट तुल्सा पौडेल, किराँत राई योख्खाबाट निरु राई, पोखरा समाजबाट कुशुम पुन, गुल्मी सेवा समाजबाट भानु पाण्डे, संघीय लिम्बुवान सामाजिक मञ्चबाट डगेन्द्र लिम्बु, सेफ्नो टिवीबाट आत्माधोज लामा, किराँत चुम्लुंग साइप्रसबाट एनजीला निचोंग, सदभावन समाजबाट विना थापा लगायतका संघ संस्थाहरुबाट आमन्त्रित अतिथिहरुले आसन ग्रहण गर्नुभएको थियो ।

नवनिर्वाचित समितिलाई गुल्मी सेवा समाजका भानु पाण्डेले शुभकामना मन्तव्य दिनुभएको थियो । तीजमा महिला दिदी बहिनीहरुले परिवारसँग तिज मनाउन नपाएता पनि वहाँहरुलाई तिज मनाए कै अनुभूति प्रदान गराउने कोशिस समेत समाजले सो भेलाको अवसरमा गरेको थियो । सेल, केरा लगायत विभिन्न खानाका परिकारहरु समेत भेलामा सहभागि सम्पूर्णलाई परोसिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार