साउदीमा अन्तर्राष्ट्रिय हवाई उडान स्थगन, ५० जनाभन्दा बढी जम्मा भए जरिवाना

ठाकुर पौडेल,

साउदी अरब । साउदी अरबको आन्तरिक मन्त्रालयले आगामी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको जनाएको छ ।

नागरिकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्ने समेत आफ्नो सूचनामा उल्लेख छ ।

यसैगरी साउदी सरकारले अर्को सूचना जारी गर्दै कोभिड–१९ संक्रमण नियन्त्रणका लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ । यो आदेशको उल्लघन गर्ने विरुद्ध साउदी रियाल १५ हजार सम्म जरिवाना हुने जनाएको छ ।

तसर्थ, सरकारले जारी गरेको हवाई उडान लगायत स्वास्थ्य सम्बन्धी सावधानीका सूचनाहरु पूर्ण पालना गर्नु नेपाली राजदूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार