सानेएसद्वारा फागु पूर्णीमाको शुभकामना

निकोशिया । साईप्रस नेपाली एकता समाजको केन्द्रीय समितिले देश तथा विदेशमा छरिएर रहनु हुने सम्पूर्ण श्रमजिवी नेपाली जनसमुदायमा होली पर्व तथा फागु पुर्णीमाको अवसरमा शुभकामना व्यक्त गरेको छ । समाजका महासचिव मञ्जु लिम्बुद्वारा हस्तक्षरित जारि विज्ञप्ती मार्फत शो शुभकामना व्यक्त गरिएको हो ।

लिम्बुले साईप्रसस्थित सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई एकताका लागि आव्हान समेत गर्नुभएको छ । लिम्बुले लेख्नुभएको छ :

“आफ्ना परिवार, भविष्यका भावी पिंडीसंगै सुनौल, सुन्दर भविष्यको अवसरहरुको खोजीमा विश्वको विभिन्न मूलुकहरुमा जसरी साईप्रस पुग्नुभएका नेपाली श्रमिक मजदूर दिदि–बहिनी तथा दाजु–भाईहरु एवं स्वदेश मै रहनुहुने आम नेपाली जनसमुदायमा हिन्दू धर्मावलम्बीहरुले मनाउने रङ्गको महान पर्व फागुपूर्णिमा “होली”को पावन अवसरमा साईप्रस नेपाली एकता समाज केन्द्रीय समितिको तर्फदेखि हार्दिक शुभकामना साथै सुख, शान्ति र समृद्धिको कामना व्यक्त गर्दछौं ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको “कोविड–१९” कोरोना भाइरसको संक्रमण फेरी दोस्रो चरणमा विश्वव्यापी नै फैलिरहेको छ । साईप्रस पनि त्यो आतंकित कÞहरबाट अछूत छैन । समस्या विक्राल रुपमा अगाडि आएका छन् । यी सबै सेरोफोरी बीच सजग रहि सुरक्षित रुपमा यो पर्व मनाउन सबै दिदी बहिनी तथा दाजु भाईहरुमा अपिल गर्दछौं ।

यस पर्वले हामी सबैमा नयाँ उमंग र हौसलाका साथसाथै सामाजिक सद्भाव र आपसी मिलापको साथमा सामाजिक एवं परोपकारी कार्य र स्थानीय प्रशासकीय कार्यहरु गर्न, नेपालीहरुमा आएका समस्या चुनौतीहरुको विरुद्धमा काम गर्दै राष्ट्रिय एकता मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने पुनः शुभकामना व्यक्त गर्दछौं ।

होली पर्व हर्षोल्लासपूर्वक बिभिन्न रङ्गहरुमा रमाएर मनाउने पर्व हो । यो पर्वलाई पुरानो कटुता, दुश्मनी, पुर्वाग्रह समाप्त गरेर, आजको दिनबाट सबै पुराना दुस्मनी बिर्सेर एक–अर्का बिच एक अदित्तिय सम्बन्ध स्थापित गर्ने प्रतिकको रुपमा मान्ने र विस्वास गर्ने मान्यता छ ।

साईप्रसमा तेस्रो मूलुकहरुबाट अवसरको खोजीमा काम गर्न आउने, श्रम सम्झौता गरेका धेरै देशका नागरिकहरु छन् । उनीहरु बीचको एकता देख्दा ईस्या लाग्छ । हामी कहीले स्थापित हुने..? यी विषयहरुमा सम्बन्धित निकायद्वारा खेलिने भुमिका के हो ? उहाँहरुबाट जनआकांक्षा अनुसारको भूमिका खेलिनु पर्ने कि नपर्ने..?

साईप्रसमा रहेका विभिन्न संघ संस्थाहरुका आ–आफ्नै उद्देश्य, योजना, कार्यक्रमहरु हुन्छन् र होलान पनि । सबै संगठनहरुको हैसियत, आवश्यकता, खाँचो बराबर हो र हुनु पर्दछ भन्ने विषयमा पनि सचेत गराउँदै अग्रगामी भुमिका खेल्दै सहकार्यका लागि सहज वातावरण मिलाउनु पर्ने आवश्यकता छ । यो कार्यको भूमिका अवैतनिक वाणिज्य दूतावासको नै हुन्छ । यसका लागि हाम्रो संगठन साईप्रस नेपाली एकता समाज केन्द्रीय समितिले अवैतनिक वाणिज्य दूतावासलाई अनुरोध गरिसकेका छौं । साईप्रसस्थित सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई सहभागि गराई आपसी भाईचारा, सम्बन्धमा प्रगाढताको खाँचोको समाधान गर्ने सवालमा आगामी दिनहरुमा अवैतनिक वाणिज्य दूतावासले भूमिका खेलोस् ।

हामी यस्तो भन्दै गर्दा संबन्धित संगठनहरुले आफ्नो उदेश्यमा अडिग रहन पर्ने आवश्यकतालाई पनि औंल्याउँछौं । हामी एकताबाट मात्र सम्भव भएकोमा उपलब्धी प्राप्ति संभव भएको विश्वास राख्दछौँ । हाम्रो उद्देश्य पनि ग्राउंड लेवलमा काम गर्दा वा गर्ने संघ संस्थाहरुलाई एकताबाट अगाडि बढ्दा सहज मिलोस् ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार