सिलवासामा समीक्षा कार्यक्रम सम्पन्न

सिलवासा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने सिलवासा नगरको २०७७ देउसी भैलो शुभकामना कार्यक्रमको समीक्षा कार्यक्रम सम्पन्न पारिएको छ ।

नगर सचिव दिपेश लिम्बूको सञ्चालन, नगर अध्यक्ष छोटेलाल चौधरीको अध्यक्षता र केन्द्रिय सदस्य गोविन्द बहादुर थापाको प्रमुख आतित्थ्यता र क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, केन्द्रिय सल्लाकार पश्चिम भारत क्षेत्रीय महिला अध्यक्ष रमकला काउछा, केन्द्रिय सल्लाकार श्रीधर शार्माले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा सिलवासा नगर समितिका सुरेन्द्र रानाले स्वागत मन्तब्य दिनु भएको थियो । प्रमुख अतिथी गोविन्द बहादुर थापाले समाजको आवश्यकता र महत्व र देशको तत्कालिक राजनीतिक अवस्थाको बारेमा बोल्नु भएको थियो ।
त्यस्तै अन्य अतिथीहरुले सिलवासा नगरलाई यस्तो विषम परिस्थितिमा पनि सबैको घर दैलोमा पुगेर शुभकामना दिन सफल भएकोमा धन्यबाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार