सुदुर पश्चिमोत्तरमा विभिन्न नगरहरुमा स्थापना दिवस मनाइयो

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिले आप्mनो संगठनको ऐतिहासिक ४०औं स्थापना दिवश भव्य र सानदार रुपमा मनाएको छ । भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाहको स्थापना र यस्ले खेलेको भुमिका लगाएतका समसामयिक विषयहरुमा चर्चा गरिएको सो कार्यक्रममा मुल प्रवाहका केन्द्रीय सदस्य एंव सुदुरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, क्षेत्रीय सदस्य छविलाल सापकोटा, जनजाति विभाग क्षेत्रका विलबहादुर गुरुङ, मुल प्रवाह नगर समितिका सोभाराम सापकोटा, महिला विभाग कि दुर्गा लामिछाने, रक्तिमका मदन थापा लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम दयाराम लामिछानेको सञ्चालनमा तथा नगर अध्यक्ष मनिराम सापकोटाको अध्यक्षता र ताराबहादुर थापाले स्वागत भाषणबाट अगाडि बढेको थियो ।

चंडीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सञ्चालित चंडिगढ नगर समितिले गौरवमय ४० वर्षपुरा गरि ४१ वर्ष प्रवेशको ऐतिहासिक घडिमा भव्य र सानदार रुपमा सभा सम्पन्न गरेको छ ।
नगर सचिव तेजबहादुर रोकाको सञ्चालन तथा नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षताबाट अगाडि बढेको उक्त कार्यक्रममा विभिन्न अतिथिहरुको आसन ग्रहण पछि ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनेटको मौनधारण पश्चात कलाकार तथा शमशेर केसीद्धारा स्वागत गरिएको थियो ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार तिलक पौड्याल, मूल प्रवाह क्षेत्रीय सल्लाहकार एंव महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, मूल प्रवाह क्षेत्रीय सदस्य प्रेम आचार्य, नेपाली समाचारका खिमराज चालिसे, समता क्षेत्रीय विभागका विनुकुमार नेपाली, राजमो राप्ती गाउ“पालीका दाङका विष्णु आचार्य, महिला नगर कि संयोजक माया आचार्य, जनजाति विभागका थमन थापा, विद्यार्थी विभाग क्षेत्रीय अध्यक्ष माधव पोख्रेल, नगर अध्यक्ष नारायण आचार्य, रक्तिम विभागका सरस्वता भुसाल, समता विभागका दुर्गा विक, वाल संगठनका दिपक चालिसे लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

लुधियाना फो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकल प्वाइंट नगर समितिले गौरवमय ४०औं स्थापना दिवस कार्यक्रम मनाएको छ । नगर सचिव अर्जुन कार्कीको सञ्चालन तथा बिमला अधिकारीको अध्यक्षतामा सम्पन्न कायक्रममा अतिथि आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरू प्रति एक मिनेट मौनधारण पश्चात नगर सदस्य देबिराम थापाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा सुदर पश्चिमोत्तर क्षेत्रीय सदस्य हरि केसीले प्रमुख अतिथिको असानबाट मन्तव्य दिनुभएको थियो ।

संगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरूर नगर समितिको आयोजनामा ४० औं स्थापना दिवसको कार्यक्रम सम्पन्न भएको छ ।

धनबहादुर विककोको सञ्चालन तथा खेमराज पोखरेलको अध्यक्षतामा सम्पन्न समारोहमा विभिन्न अतिथिहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनट मौनधारण पश्चात सरिता भुसालले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा लिलाराम पाण्डे, सरिता शर्मा, रुमा भुसाल, अमृता खनाल, देविराम शर्मा, वसन्ती पौडेल, सरिता भुसाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार