सुरतमा मूल प्रवाहको नगर भेला सम्पन्न

सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सुरत नगर समितिको छैठौं नगर सम्मेलन पछिको प्रथम भेला समपन्न भएको छ ।

पुष्कर तिमिलसिनाको सञ्चालन तथा पुर्ण बिकको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा केन्द्रिय सदस्य गोविन्द बहादुर थापाको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय सदस्य तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, क्षेत्रीय सदस्य टंक शाहको आतिथि आसन ग्रहण गर्नुभएको थियो ।

भेलामा सहभागिहरुलाई गिता बस्यालले स्वागत गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण पछी भेलामा प्रमुख अतिथी केन्द्रिय सदस्य गोविन्द बहादुर थापाले मूल प्रवाहको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

भेलाले पुर्ण बिकको अध्यक्षतामा १७ पुर्ण ४ बैकल्पिक ४ सल्लाकार सहित २५ सदस्यीय सुरत नगर सगंठन समितिको चयन गरेको छ । नयाँ समितिको पदाधिकारीको नामावली क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्कीले घोषणा गर्नुभएको थियो । जसमाः उपाध्यक्ष– गिता बस्याल, सचिव– पुष्कर तिमिलसिना, सहसचिव– टंक बहादुर परियार र कोषाध्यक्ष– शान्ति तिरुवा रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा क्रमशः टंक बहादुर सोनी, कटक विक, गणेश विक, नविन विक, भिम नेपाली, धर्मेन्द्र विक, कमल विक, सर्यजीत तिरुवा, हिरा विक, जगत विक, वैकल्पिक सदस्यमाः विर विक, विजय आचार्य र टिका विक रहनुभएको छ । त्यस्तै भेलाले टंक शाह, धु्रर्व न्यौंपाने, ओम सलामी मगर, टिका विक, मान बहादुर शाही, खेम रावत र लक्ष्मी विकलाई सल्लाहकार चयन गरेको छ ।

निर्बाचित समितिलाई क्षेत्रीय समिति सदस्य टंक शाहले शुभकामना दिनु भएको थियो । भेलाले व्यापक सदस्य बितरण एवं सुरतमा संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार