सुरेशकुमार पाण्डेका ५ मुक्तकहरु


कोरोना भाईरस हाम्रो पछि लागेको बेला,
मानिसहरु डरले एकान्त मै भागेको बेला ।
कसैले उल्लु बनाउन सक्छ, होस गर्नुहोस्,
अप्रेलको महिना उल्लु दिबस जागेको बेला ।

सुखि रहुँ भन्दैन, जहाँ भएपनि शुरक्षित रहौँ,
आफ्नो देश छाडेर दुर गए पनि शुरक्षित रहौँ ।
एउटाले अर्कालाई बचाउँनु पर्यो हिंजो आज,
हृदय बिदारक घटना नै सहे पनि शुरक्षित रहौँ ।

थाहा छ परदेशमा बस्नेहरुको समस्या धेरै छन्,
मजदुरी गर्न कमर कस्नेहरुको समस्या धेरै छन् ।
नकाम नदाम भोकमरीकै जस्तै भएको छ हाल,
लकडाउन भित्र फस्नेहरुको समस्या धेरै छन् ।

देशभित्र रोजगारनै नपाएर त आयौं परदेशमा,
सरकारले कत्ति गुन नलाएर त आयौं परदेशमा ।
चन्द्र–सुर्यको तल हिमालको काखमा बस्ने रहर छ,
कालो बादल जीवन मै छाएर त आयौं परदेशमा।

खोल्यो गोर्खा भर्ति केन्द्र भयो युवा परदेशी सधैं,
नतमस्तक भएर सरकार गयो युवा परदेशी सधैं ।
बाँझियो त्यो पुस्तैनी पाटो सिंचाई नहुँदा गाउँमा,
देशभरी असाह्य र बृद्धाहरु रह्यो युवा परदेशी सधैं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार