सेल्फी, कुच्चो, डिओडरेंट, कण्डम र सिरानी बारे छोटो जानकारी

कैयौं आविस्कारहरुले मानिसको जीवन सजिलो बनाउने काम गरिरहेका छन् । यसमा कुच्चोदेखि लिएर कण्डमसम्म समावेश छन् । हामीले जीवनमा यी चिजहरुको प्रयोग गर्दछौं तर यी चिजहरु अस्तित्वमा कसरी आयो, थोरैले मात्रै जान्दछौं होला । यदि तपाईले जान्न चाहनु हुन्छ भने तल उल्लेखित नोटहरुलाई धैर्यताका साथ पढनु होस् ।

सेल्फी

यो सेल्फीको युग हो । एक दिनमा दुई–तीनवटा सेल्फीत खिचिहाल्नु हुन्छ होला तपाई पनि । तर कहिले सोंच्नु भएको छ, सेल्फी चलन कसरी शुरु भयो भन्ने ? पहिलो पटक सन १८३९ अमेरिकन फोटोग्राफर राँबर्ट काँर्नेलियसले आफ्नो तस्वीर (सेल्फी) खिचेका थिए । यसपछि सन १९०० मा पोर्टेबल क्यामेरा आयो र फोटो खिच्ने चलन शुरु भयो । सेल्फी शब्दको प्रगोग पहिलो पटक १३ सितम्बर २००२ मा अष्ट्ेरलियाको कुनै एउटा व्यवसाइटलेगरेको थियो ।

कण्डम,

सुरक्षित शारिरीक सम्बन्ध बनाउन तथा विभिन्न रोगहरुबाट बच्न र आफूले नचाहेको प्रेग्नेंसीलाई रोक्नका लागि प्रगोगमा आउने कण्डम त्यत्तीकै बजारमा आएको छैन । यसको इतिहास निकै पुरानो छ । कण्डमको चर्चा सन १६४२ को वेलामा पनि भएको पढन पाइन्छ । तर आज जुन रवरको कण्डमको प्रयोग अत्याधिक रुपमा आएको छ, यसलाई अस्तित्वमा ल्याउने व्यक्ति चाल्स गुडइयरका ‘रबर वल्केनाइजेशन प्रोसेस’ हुन् । उनले सन १८३९ मा दुनियाँको अगाडि आफ्नो आविस्कार देखाएका थिए ।

डिओडरेंट,

दुनियाँभरीका मानिसहरु बास्नादार हुनका लागि डिओडरेंट को प्रयोग गर्दछन् । तर शायद नै तपाई यसको बारेमा जान्नु हुन्छ होला । खासगरी यसको आविस्कार गलतीबाट भएको थियो । सन १८८८ मा एक सर्जनले हाथमा पसिनाबाट बच्नका लागि एंटीपर्सपिरेंटको खोजी गरेका थिए । पछि उनकी छोरी एडना मर्फीले यसलाई आर्मपिटमा लगाउने आइडिया ल्याइन् । यही आइडियाले आज दुनियाँभरीका मानिसहरु बास्नादार बन्नका लागि डिओडरेंटको प्रयोग गर्दछन् ।

कुच्चो,

सरसफाई तथा कुडा कसिंगर जम्मा गर्न हरेक घरमा कुच्चोको प्रयोग गरिन्छ । भारतमा त कुच्चो –झाडु) राजनीतिक पार्टीको चुनाव चिन्ह समेत छ । कुच्चोको इतिहास हेर्दा सन १७९७ मा लेवी डिक्कीनशन नामका एक किसानले आफ्नी श्रीमतीका लागि बनाएका थिए । उनले त्यो कुच्चो खरको बनाएका थिए ।

सिरानी,

सिरानी विना निंद लाग्दैन भने यसको इतिहास पनि पढिहाल्नुस् । सिरानीको प्रयोग ७००० बीसीमा प्राचीन मेसोपोटामियामा भएको पाइन्छ । इतिहासमा बताइएको छ कि त्यो समयमा मानिसहरु ढुंगाबाट बनेको सिरानी प्रयोग गर्दथे । सम्पन्न मानिसहरुले मात्रै सिरानीको प्रयोग गर्दथे । ढंगाका सिरानीहरुमा विभिन्न प्रकारका चित्रहरु कुंदिएका हुन्थे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार