स्कूल बन्द भएपछि कामको खोजीमा हिंडेका बालक ओडीसामा अलपत्र

बुबाको नाम धुर्ब राना मगर र आमाको नाम सीता राना मगर, हजुर बुबाको नाम चक्रवीर राना मगर, हजुर आमाको नाम मायाँदेवी राना मगर जलपोखरी सैनिक बस्ती बाँके नेपाल घर बताउने बिशाल राना मगर नाम गरेको बालक भारतको उडीसा राज्यको जाजपुर भन्ने ठाउँमा अलपत्र अवस्थामा स्थानीय एक जना फूटपाथका व्यापारीले फेलापारी नजिकको सरकारी बाल कल्याण समितिमा बुझाएका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सो जानकारी पाएपछि बाल कल्याण समितिकी अध्यक्ष रिटा बेहरासँग सम्पर्क गरि उपरोक्त बालकको फोटो तथा विबरण मगाई नेपालमा अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पोखरेललाई सम्पर्क गरि आफन्तको खोजीका लागि अनुरोध गरिएको छ ।

जानकारीमा आए अनुसार निज बालकका बुबा र दाजु गुजरातको कुनै कारखानामा काम  गर्छन् । अफ्नो उमेर १३ बर्ष बताउने कक्षा ७ मा पढ्ने बालक स्कूल बन्द भएपछि कामको खोजीमा समान ओसारपसार गर्ने ट्रलर (ठूलो ट्रक) बाट नेपालदेखि ओडिशा पुगेको बताएका छन् । हाल उनी चाइल्ड वेलफेयर कमिटि जाजपुर रोड ओडिसामा सकुशल छन् । उनलाई चिन्ने आफन्त या अभिभावहरुले अधिक जानकारकिो लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालय नयाँ दिल्लीमा सम्पर्क गर्नु होला ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार