स्तनपानले शिशुहरुको मुटू रोगबाट बचाउन सहयोग

लंडन (आइएएनएस) । समय पूर्व पहिला जन्मीएका शिशुहरुलाई स्तनपान गराउनाले उनीहरुमा हुने मुटू रोग सम्बन्धि रोगहरुबाट बचाउन सहयोगी भूमिका निर्वाह गर्न सक्ने बताइएको छ । समय पूर्व जन्मीएका युवा वयस्कहरुमा मुटू सम्बन्धि लक्ष्णहरु देखिंदै आएको एक अध्ययनले बताएको छ । यीनीहरुमा सानो हार्ट चेम्बर, अपैक्षाकृत उच्च रक्तचाप र मुटूको मांसपेशिहरुमा असमान वृद्धि भएको अध्ययताहरुको भनाई छ ।

डबलिन आयरलैंडका द रोतुंडा अस्पतालका प्रोफेसर तथा शोधकर्ता अफीफ अल खुफ्फशका अनुसार वर्तमान साक्ष्य अध्ययनहरुबाट आएको रिपोर्ट अनुसार शुत्केरी हुँदा वित्तीकै को स्तनपानले लामो समयसम्म शिशुहरुको स्वास्थ्यमा सुधार हुने उल्लेख छ ।

अध्ययन कर्ताहरुले ३० जना वयस्कहरुलाई परिक्षण गर्दा १६ जना समय पूर्व जन्मीएका वयस्कहरुलाई जन्मका दौरान फार्मुला वेस्ड डाइट खुवाइएको अध्ययन कर्ताहरुले बताएका छन् । उनीहरुका विस्तृत रिपोर्ट अनुसार मुटू सम्बन्धि मुल्यांकन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार