हराएकी युवतीको खोजीकार्यमा सहयोग गर्न मूल प्रवाहलाई आग्रह

खिमराज चालिसे

लुधियाना, १७ जुलाई । प्युठान जिल्ला, मालारानी गाउँपालीका निवासी बबिन धामीको श्रीमती सरस्वती धामी वर्ष २० यहि १४ जुलाईदेखि भारतको पञ्जाब राज्यको लुधियाना फोकलपाइन्टबाट लापत्ता छन् ।

आफुले कामगर्ने कार्यस्थलबाट श्रीमानको जन्मदिन हो, भनि छुट्टी लिएर हिडेकी उनी डेराबाट भने दिउँसो १ बजे कसैको मोटरसाइकिलमा चढेर हिडेको छिमेकी एक वालकले बताएको छन् ।

उचाइ ४.५ फुट, गहुगोरो वर्ण भएकी सरस्वती धामीलाई खोजीकार्यमा सहयोग गर्न मूल प्रवाह लुधियाना फोकलपाइन्ट नगर समितिमा उनका श्रीमानले निवेदन दिएको बिवरण नगर सचिव अर्जुन कार्कीले बताउनु भएको छ ।

उनी भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा बबिन धामी फोन नम्वर +९१–७९०१८३४६८ मा खबर गरि दिनुहुन मूल प्रवाह लुधियाना फोकलपाइन्ट नगर समितिले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार