हरियाणाको सिरसा रेल्वे स्टेशनमा नेपाली किशोर अलपत्र

खिमराज चालिसे,
भारतको हरियाणास्थित डवबाली रेलवे स्टेशनमा एक नेपाली किशोर अलपत्र परेका छन् । नेपाल घर शान्तीनगर–४ गुलाववस्ती झापा र बुवाको नाम विष्णु प्रसाद दाहाल बताउने अन्दाजी १७/१८ वर्षको किशोरले आफ्नो नाम किरण प्रसाद दाहाल बताएका छन् ।

अलिकती मानसिक अवस्था ठिक नभएको जस्तो लाग्ने ति किशोर लखनउ रेलवे स्टेशनदेखि आफ्ना आफन्तसँग छुटिएर हरियाणा डवबाली रेल स्टेशन पुगेका हुन् । निज युवक किरण प्रसाद दाहाललाई जीआरपी पुलिसले नियन्त्रणमा लिएर हरियाणा सिरसा बाल संरक्षण विभागमा राखेको छ ।

सोधपुछमा उनका बुबा विष्णु प्रसाद दाहाल दिल्लीको बसन्त बिहारमा कुनै कम्पनीमा सिक्योरिटी गार्डमा काम गर्ने बताउँछन् । फोटोमा देखिने किरणप्रसाद दाहाललाई चिन्नु हुने महानुभावहरुले मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुलाई सम्पर्क गर्न मूलप्रवाहले आग्रह गरेको छ ।

सम्पर्कको लागि मूल प्रवाहका केन्द्रीय सदस्य त्रिभुबन भट्टराईको मोबाइल नं ९१–९४१४९४८७९० र ८१०७४८१३७४, गोपाल सोनी ९८१२७३९८३३, अजित वुढामगर ७४०४०६२०९ र रवि सोनी ९८९६९४१८८२ नम्बर दिइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार