हाम्रो समस्या र सरकारको ब्यबहार

  • सुरेशकुमार पाण्डे

भन्छन् “किता परेकोले जानेको हुन्छ कि पढेकोले” अहिले को अबस्था बाट कोई अनभिज्ञ भने छैनन् । संसारमा महामारीले हाहाकार छ, ३२ करिब कोरोना संक्रमित र २ लाख २० हजार करि मानिसहरुले ज्यान गुमाई सकेका छन् । अहिले नेपालमा पनि ५४ जना सो महामारीबाट संक्रमितको उपचार हुँदै छ । छिमेकि मुलुक भारतमा ३१ हजरा ३३२ जनामा संक्रमित र १००८ जनाले ज्यान गुमाई सकेको तथ्याङ्क छ ।

कति पयले भन्नु हुन्छ, नेपालीलाई कोरोनाले नोक्सान कम भएो त्यो गलत हो । हामी सबैलाई थाहा भएको कुरा हो, आधा नेपालीहरु अन्य देशहरुमा छौँ, देश बाहिर भएका नेपालीहरु कैयौँ मरेका छन् । कैयौँ बिमारीले ग्रस्त छन् । मात्र हामीहरुलाई सहि तथ्याङ्क नहुँदा बुझ्नलाई समस्या आएको हो । देशभित्र पनि कैयौँ करोना जाँच नभएर पनि हुन सक्छ ।

नेपाल सरकारले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको हामीले महेसुश गरेकाछौँ । उसले लकडाउन भन्दा पहिले नागरिकको शुरक्षाको कुनै उपाय गर्न सकेन । पछि पनि आफ्ना नागरिक जसले आफ्नो देश खोज्दै कैयौँ दिन पैदल यात्रा गरेर सिमानासम्म पुगे उनीहरुलाई देशभित्र लगेर व्यवस्थापन गर्न समेत सकेन । छुट्टै कोरेन्टाइनमा राख्ने र उनीहरुको स्वास्थ्य परिक्षणको कुरा त झन् कहाँ हो कहाँ । आफ्ना सन्तानहरु देश बाहिर छन् भन्ने सरकारलाई थाहा हुँदाहुँदै पनि सरकारले बिदेशस्थित नागरिकहरुको हितमा कुनै ठोस पाईला चाल्न नसक्नु र उनीहरुप्रति अनदेखि गर्नु त्यस्ले उसको गैरजिम्मेवार भएको नै पुष्टि हुन्छ ।

अरु देशका नागरिकहरुलाई मात्र होइन पशु र फसल समेतको सरकारले बिमाको नीति अपनाउँदा हाम्रो हैशियत त्यतिको पनि छैन । अरु त अरु आफ्ना नागरिकहरु बिदेशमा कति छन् ? त्यसको सहि तथ्याङ्क पनि सरकारसँग भेट्टिदैन । बस मालिकहरुले टिकट नदिएर लान्छन्, दुर्घटना हुँदा पनि सहि तथ्याङ्क भेटिँदैन सवारीको बिमा शुरक्षामा लापर्वाही किराया भाडामा मनमानी भएको आम पाईन्छ ।

हाम्रो देश भगौलिक रुपमा सानो छ, जसलाई दुईवटा ठुला–ठुला देशहरुले चपेटमा पारेका छन् । देशको अबस्था अर्धसामन्ति र अर्ध औपनेबेसिक छ साथै भुपरिबेष्ठित अबस्थामा छ । बन्दरगाहाबाट सामान ओसारपसार गर्न ठुलो समस्या पर्दछ । देशलाई राणा र राजाले सकेसम्म दोहन गरे । अहिले यति सानो देशलाई सात टुक्रामा बिभाजित गरेर नौ वटा संसद, आठवटा सरकार ८८४ सांसद, १३५ मन्त्रिहरुलाई रेमिटेन्स र जनतामा लगाएको अन्धाधुन्द करले पालेको छ ।

जुन देशका नागरिक मजदुरी गर्न संसार चाहार्दै छन्, उद्योग धन्दा कल कारखाना नगन्य छन्, त्यो देशलाई संघीयतामा लगेर यो जम्बो मन्त्रिमण्डल र सांसदहरुलाई कसरी पाल्नु ? पढेलेखेका र मेहेनत गर्न सक्ने युवाहरुलाई बिदेशीले छानेर लगेपछि यहाँ महिला अबोध बालबालिका र बृद्धाहरुले के गर्ने ? होनहार युवा शक्तिलाई बिदेशमा त्यहाँको नागरिकले नगर्ने तुच्छ काम वा जोखिमपूर्ण काम गराईन्छ र तिनैको रिमेटेन्सबाट देशमा नौ वटा संसद चलाईन्छ, यो कति लाज मोर्दो बिषय हो । देशभित्रको जलसम्पदा जंगली जडिबुटी, काठ, बगरका बालुवा, खनिज, कोईला र ढुङ्गा समेत बिदेशीले सोह्रेर लग्छन् । अनि कसरी देशको बिकाश हुन्छ ? युवा शक्ति र कच्चा पदार्थ बिदेश पुराए पछि बिकासको कल्पना नगरे पनि हुन्छ । यो ब्यबहारले देशको बरु बिनास नै हुन्छ ।

दुनियाँमा ब्राजिल पछिको सबै भन्दा पानीको दोस्रो नम्वरको धनि देश भन्छन् तर सिंचाई बिना हिंजो हाम्रा बाउ बाजेले फाँडेर बनाएको खेतबारी बंजर भएका छन् । हामी अल्छि र निकम्मा भएर होइन, हामीलाई कृर्षिको श्रोत साधन सिंचाईको ब्यबस्था नहुँदा बर्षभरी काम गर्दा छ महिना नटर्ने र देशभित्र कतै मजदुरी समेत नमिले पछि अर्काको देश धाउँदा यो अबस्था श्रृजित भएको हो । त्यहि मजदुरी आफ्नो देशमा पाउँथ्यौँ भने हामी बिदेशमा जाँदैन थियौं, यो बिदेश जाने रहर होइन बाध्याता हो ।

सरकारले पानीबाट सस्तो बिद्युत पैदा गर्न सक्थ्यो, पानीबाट मिल चलाउँन सक्थ्यो, त्यतातिर सरकारको ध्यान जाँदैन । बरु बिदेशसँग श्रम सम्झौता गर्नेर कमिशन खाने खेल राज्यले अपनाउउँदा ठुलो संकट पैदा भएकोछ ।

पहिले राणा र राजाहरुले देशका जनतालाई रैति बनाए र रगतको होली खेले, देशलाई नाङ्गेझार बनाए । त्यो ब्यबस्था फाल्न जनताले आफ्नो प्राणको बलि चढाएर ल्याएको यो ब्यबस्थाले पनि जनताको प्रतिनिधित्व गर्न सकेन । साँच्चै भन्ने हो भने उनीहरुको भन्दा फरक यो ब्यबस्था पनि हुन सकेन । उपरोक्त राजनीतिक पार्टीहरु सरकारहरुको ब्याबहारिकतालाई हेर्दा यो संसदवादी ब्यबस्था जनता र देशको हितमा नभएको प्रमाणित हुन्छ । त्यसकारण नयाँ जनवादी क्रान्ति बिना कुनै पनि श्रमजिवि जनता र हाम्रो देशको भलो हुन नसक्ने पुष्टि भएको छ ।

कतिपय बुद्धिजिवीहरुको तर्क छ, देशमा अब बिदेशबाट नेपालीको ओहिरो लाग्छ र देशमा बाँजो जमिनमा अनाज उब्जिन्छ । मनको घ्युसँग खाएको लड्डु भनेको यहि हो । जनता देश भित्रिन्छन् तर कति दिनलाई ? महिना दिन, बर्ष दिन ? जब कृर्षिको साधन श्रोत र सिंचाईको ब्यबस्था हुँदैन, उनीहरु फेरी बिदेश जान थाल्छन् । वास्तबमा आज गरिब मजदुर जनताको अबस्था अत्यान्तै भयाभह छ । ऋणमा परेको छ, उनीहरु दुई तिन महिनादेखि काम बिहिन छन् त्यसकारण यो लकडाउन पछि छिटो भन्दा छिटो त्यो ऋण तिर्न कमर कस्नु पर्ने छ । उनीहरु बिदेश गएर पहिलेको भन्दापनि कम ज्यालामा काम गर्न बाध्य हुनेछन् । उनीहरु अहिलेसम्म फाल्तु बसे यसले गर्दा कम्तिमा दुई बर्ष पछाडि ढेकलेको अबस्था छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार