हार्दिक श्रद्धान्जली

पाण्डेचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समिति अन्तर्गत अरोभिल कोईला पालायाम् एरिया समितिका सदस्य भवानी प्रसाद पौडेलको दुःखद निधन भएको छ ।

वहाँ बाग्लुङ जैमिनि नगरपालिका ७ निवासी पिता हरिप्रसाद पाध्या र माता तुलसा पाध्यानीका माईला छोरा हुनुहुन्थ्यो । ६२ वर्षका भवानी प्रसाद पौडेलको २९ मईका दिन असामायिक निधन भएको जानकारी प्राप्त भएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीले मृतक भवानी प्रसाद पौडेलको संझनामा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न पारेको छ ।

श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन केद्रिय पार्षद सदस्य चन्द्रकान्त शर्माले गर्नु भएको थियो । मृतकप्रति सम्मान प्रकट गर्दै दुई मिनेट मौनधारण गरिएको थियो ।

दक्षिण भारत क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्मा, पाण्डिचेरी नगर उपाअध्यक्ष नर बहादुर केसी, प्रवासी नेपाली संघ भारतका केन्द्रीय सल्लाकार टिका पौडेल लगायतले शोक मन्तव्य दिनुभएको थियो ।

मृतक भवानी प्रसाद पौडेल दक्षिण भारत पाण्डिचेरीस्थित स्वदेशी कटन मिल्स्मा लामो समय जागिर गरि अवकाश हुनु भएको थियो । हाल पाण्डिचेरी नगर अन्तर्गत अरोभिलमा अस्थायी जागिर गर्दै आउनु भए पौडेल अचानक मुर्छित अबस्थामा २८ मई २०२० मा पाण्डिचेरीस्थित जिपमेर हस्पिटलमा भर्ना गरिएको थियो । अस्पतालको रिपोर्ट अनुसार ब्रेन स्टोकको कारण अप्रेशन पश्चायत वहाँको मृत्यू भएको थियो । नगर समिति पाण्डिचेरीको रोहोवरमा पौडेलको शवको दाहासंस्कार गरिएको छ ।

वहाँ एकता समाजको इमान्दार सदस्य भवानी प्रसादको निधनबाट समाजलाई ठुलो क्षति भएको छ । वहाँका मति र पाँच छोरीहरु हुनुहुन्छ । नगर समिति पाण्डिचेरीले मृतक पौडेलप्रति गहिरो शोक प्रकट गर्दै श्रदाञ्जली ब्यक्त गरेको छ, शोकाकूल परिवारप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार