हिसारको जहाँर नगरमा मूल प्रवाहको टोल समिति निर्माण

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितीले संचालन गरेको संगठन विस्तार अभियान निरन्तर जनसंपर्क, क्लास प्रशिक्षण तथा समिति निर्माणको रुपमा अगाडि बढिरहेको छ ।

मूल प्रवाहका केन्द्रिय सल्लाहकार तारा सोमरे, नगर अध्यक्ष नन्दबहादुर लमतरीको विषेश उपस्थितिमा सिटि एरिया समिति अन्तर्गत जहाँरनगरमा सम्पन्न भेला सम्पन्न भएको छ । भेलाले ७ सदस्यिय टोल समिति गठन गरेको छ । जसमाः अध्यक्ष– राजु सुनार, सचिव– सुर्य बहादुर बस्याल, कोषाध्यक्ष– तिलक सोनी, सदस्यहरुमाः राजकुमार राई, माया सोनी, बिष्नु सोनी र पम्फी सुनार रहनु भएको छ ।

कार्यक्रम ओमप्रकाश तिवारीको अध्यक्षतामा तथा तिलक सोनीको संचालनमा सम्पन्न भएको थियो । यसै गरि १२ अगस्तको नगर समितिद्धारा संचालित सिटिएरिया ए अन्तर्गत जहाँरनगरमा टोल स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यकर्ताहरुलाई सैद्धान्तिक रुपमा प्रशिक्षीत गर्दै दक्ष कार्यकर्ता निर्माणको दिशामा अविचलित रुपमा लागिरहने मूल प्रवाहको विधान तथा घोषणापत्र समेत भारतमा नेपालीहरुको वर्तमान अवश्था बारे लगाएतका विषयहरुमा नगर अध्यक्ष नन्द बहादुर लम्तरीले विषेश प्रशिक्षिण दिनु भएको थियो ।

कार्यक्रम कमल विकको अध्यक्षतामा सम्पन्न भएको हिसारबाट केन्द्रीय सल्लाहकार तारा सोमारेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार