हिसारमा एकता मञ्चका कार्यकर्ताहरु मूल प्रवाहमा प्रवेश

हिसार, ८ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४२औं स्थापना दिवसको उपलक्ष्यमा साप्ताहिक कार्यक्रम अन्तर्गत आज आइतबार हिसार नगर समितिको आयोजनामा सभा सम्पन्न भएको छ ।

श्रीमती निरु सारुको सञ्चालन र नगर उपाध्यक्ष बाबुराम शर्माको अध्यक्षतामा सम्पन्न सभामा यो कोरोना संक्रमणको अवस्था पनि प्रत्यक्ष रुपमा सहभागि भई वृहत रुपमा सम्पन्न भएको छ ।

अतिथीहरुको आसन ग्रहण पश्ताप ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि नगर कोषाध्यक्ष हुमाकान्त अधिकारीले स्वागत मन्तव्य र रक्तिम कलाकारहरुद्वारा स्वागत गित प्रस्तुत गरिए उपस्थित कार्यकर्ता जनसमुदायहरुलाई स्वागत गरिएको थियो ।

४२औं स्थापना दिवस कार्यक्रममा मूल प्रवाहको नीति, सिद्धान्त, विधानलाई स्वीकार्दै एकता मञ्चका ढुण्डिराम परियार (राजु), वसन्त क्षेत्री, दिपक परियार, सालिकराम (सागर) लगायतका जिम्मेवारी कार्यकर्ताहरु मूल प्रवाहमा प्रवेश गर्नुभएको छ । वहाँहरुले सोही सभामा मूल प्रवाहको सदस्यता प्रमाण पत्र ग्रहण गर्नु भएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ईतिहास र वर्तमान देशको राजनीतिक बारे प्रमुख अतिथी नन्द बहादुर लमतरीले प्रकाश पार्नु भएको थियो ।

त्यस्तै क्षेत्रीय सल्लाहकार तारा सोमरे, महिला बिभाग क्षेत्रदेखि श्रीमती डोलमाया बिक, ईन्ड्रष्ट्रीयल एरिया समितिका सदस्य बिष्णु गौतम, सिटि एरिया बिका अध्यक्ष केहरसिंह घर्तिमगर, नगर समता बिभागका संयोजक श्याम बहादुर बिक लगायतका नेता कार्यकर्ताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।

महिला नगर बिभागकी सचीव श्रीमती सीता पोख्रेल, सदस्य कमला बगालेले गित, कविता प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार