हिसारमा टोल समिति गठन

हिसार, २३ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा संचालित इन्डस्ट्रियल एरिया समिति अन्तर्गत बैंक कलोनीमा श्रमजीवी नेपालीहरुको विचमा एक टोल भेला सम्पन्न पारिएको छ ।

निरु सारुको संचालन तथा दुर्गा शर्माको अध्यक्षतामा सम्पन्न भेलामा मूल प्रवाहको विधान तथा घोषणा पत्रवारे व्यापक क्लास तथा छलफल सहित सुदुरपश्चिमोत्तर क्षेत्रीय सल्लाहकार तथा नगर सचिव तारा सोमरेको बिशेष उपस्थितिमा १३ सदस्यीय टोल समितिको गठन गरेको छ । जस्माः अध्यक्ष– कोपिला राना, सचिव– पवित्रा खनाल, कोषाध्यक्ष– उर्मीला रेश्मी, सदस्यहरुमा क्रमशः माया सारु, पार्वता भट्टराई, माया खनाल, सिमा राजकोटी, पर्मिला तामाङ, विष्णु प्रसाद, विष्णु खनाल, भक्त बहादुर खासु, प्रमिला घिमीरे र सेती राना रहनुभएको छ ।

नवगठित समितिकी अध्यक्षद्वारा प्रतिवद्धता पछि समितिलाई कमला वगाले, रामु शर्मा, शुरेश क्षेत्री, लाल बहादुर चुदाली, छत्रबहादुर सारु लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार