हिसारमा प्रकाशन भेला सम्पन्न

हिसार, ०८ डिसेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित हिसार नगर समितिले प्रकाशन भेला भव्य र सानदार रूपमा सम्पन्न पारेको छ ।

महिला नगर संयोजक निरु सारुको सञ्चालन तथा नगर अध्यक्ष नन्दबहादुर लम्तरीको अध्यक्षतामा सम्पन्न भेलामा उपस्थित विभिन्न अतिथिहरूको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पश्चात ओमप्रकाश तिवारीले स्वागत मन्तव्य दिनुभएको थियो ।

भेलामा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले वर्तमान सामाजिक संरचनामा प्रगतिशील प्रकाशनको महत्व र प्रकाशन वितरणमा कार्यकर्ताहरुको जीम्वेदारीवारे स्पष्ट पार्नुभएको थियो ।

त्यस्तै मूल प्रवाह नगर समिति सचिव तारा सोमारे, जनजाति बिभागका केयरसिंह घर्ती मगर, महिला क्षेत्रीय विभाग कि डोलमाया बिक, समता विभागका तिलक सोनी, विद्यार्थी बिभागकि रक्षा सोमरे, महिला नगर विभागकी सीता शर्मा र कमला बगालेले कविता वाचन समेत गर्नु भएको थियो ।

अन्त्यमा २०१९ को प्रगतिशील जनवादी भैलो टिमका कलाकारहरुलाई पुरस्कार दिएर सम्मान गरिएको सो समारोहमा नै नेपाली समाचारको वर्ष २०२० को ग्राहक अभियान शुरू गरिएको र केही साथीहरुलाई भेला कै दिन ग्राहक बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार