हिसारमा प्रशिक्षण कार्यक्रम सहित टोल समिति गठन

खिमराज चालिसे,

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा सञ्चालित सिटिएरिया बिको आयोजनामा प्रशिक्षण भेला सम्पन्न भएको छ।

मूलप्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चीमोत्तर क्षेत्रीय सल्लाहकार तारा सोमरे र नगर अध्यक्ष नन्द बहादुर लम्तरीले मूलप्रवाहको आवश्यक्ता, भारत स्थित नेपालीहरुको अवस्था र देशको वर्तमान अवस्था लगाएतका समसामयिक विषयहरुमा प्रशिक्षण दिनु भएको थियो ।

सोहि भेलाले विष्णु पोख्रेलको अध्यक्षतामा १५ सदस्यीय टोल समितिको पनि गठन गरिएको छ । समितिको सचिवमा राजकुमार, कोषाध्यक्ष, पुजा सुनार चयनहुनु भएको छ भने सदस्यहरुमा सालिकराम कुमाल, प्रकाश, मोहन, अनिल, विष्णु सुनार, रचना सुनार, शक्ति, निर्मला पोख्रेल, रमा कुमाल, खेम बहादुर कुमाल, शिव नारायण सुवेदी रहनुभएको छ।

नवगठित समितिको तर्फबाट विष्णु पोख्रेलले सपथ ग्रहण गर्नु भएको थियो भने नव निर्वाचित समितिलाई दुर्गा शर्मा,रक्तिम विभागका संयोजक योगेन्द्र दर्लामीले बधाई तथा शुभकामना दिनु भएको नगर सचिव तारा सोमारेले जानकारी दिनुभएको छ।

कार्यक्रम मन बहादुर घर्तीमगरको सञ्चालनमा तथा एरिया अध्यक्ष केहर सिंहको अध्यक्षतामा सम्पन्न भएको सो सभामा रामु शर्माले स्वागत मन्तव्य तथा योगेन्द्र दर्लामीले स्वागत गितद्बारा स्वागत गर्नु भएको थियो।

स्मरण रहोस हिसार नगर समितिले आज पनि सदस्यता वितरण अभियान अन्तर्गत सो टोल समिति गठन गरेको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार