हिसारमा प्रशिक्षण कार्यक्रम सहित टोल गठन

खिमराज चालिसे,

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा संचालित सिटिएरिया बि को आयोजनामा प्रशिक्षण क्लास सहितको भेला भव्य रुपमा सम्पन्न गरिएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चीमोत्तर क्षेत्रीय सल्लाहकार तारा सोमरे र नगर अध्यक्ष नन्द बहादुर लम्तरीले मूल प्रवाहको आवश्यक्ता, भारतस्थित नेपालीहरुको अवस्था र देशको वर्तमान अवस्था लगाएतका समसामयिक विषयहरुमा प्रशिक्षण दिइएको उक्त भेलामा अन्य विभिन्न विषयमा समेत व्यापक चर्चा परिचर्चा गरिएको थियो ।

भेलाले विष्णु पोख्रेलको अध्यक्षतामा १५ सदस्यीय टोल समितिको गठन गरिएको छ । जस्माः सचिव– राजकुमार कोषाध्यक्ष– पुजा सुनार र सदस्यहरुमा क्रमश शालिकराम कुमाल, प्रकाश, मोहन, अनिल, विष्णु सुनार, रचना सुनार, शक्ति, निर्मला पोख्रेल, रमा कुमाल, खेमबहादुर कुमाल, शिव नारायण सुवेदी निर्वाचित हुनुभएको छ ।

नवगठित समितिको तर्फदेखि विष्णु पोख्रेलले सपथ ग्रहण गर्नु भएको थियो भने नव निर्वाचित समितिलाई दुर्गा शर्मा, रक्तिम बिभागका संयोजक योगेन्द्र दर्लामीले बधाई तथा शुभकामना दिनुभएको जानकारी नगर सचिव तारा सोमारेले दिनुभएको छ ।

कार्यक्रम मन बहादुर घर्तीमगरको सञ्चालनमा तथा एरिया अध्यक्ष केहर सिंहको अध्यक्षतामा सम्पन्न भएको सो सभामा रामु शर्माले स्वागत मन्तव्य एवं योगेन्द्र दर्लामीले स्वागत गितद्धारा स्वागत गर्नु भएको थियो ।

स्मरण रहोस् हिसार नगर समितिले आज पनि सदस्यता वितरण अभियान अन्तर्गत सो टोल समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार