हिसारमा प्रशिक्षण कार्यक्रम सम्पन्न

खिमराज चालिसे

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समिति द्धारा संचालित इन्डस्ट्रीयल एरिया समितिको आयोजनामा सामान्य प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि केन्द्रीय सल्लाहकार धनबीर पुनले मूल प्रवाहको ऐतिहासिक पृष्ठभूमि र सामाजिक स्वरुप तथा दर्शन लगाएत समसामयिक विषयहरुमा केन्द्रीत रही प्रशिक्षण दिनुभएको थियो । सो प्रशिक्षण कार्यक्रममा केन्द्रीय सल्लाहकार एंव नेपाली समाचारका संयोजक खिमराज चालिसे, नगर अध्यक्ष नन्द बहादुर लम्तरी लगायतको आतित्थ्यता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता एरिया अध्यक्ष लाल बहादुर चुदालीले गर्नुभएको थियो भने सञ्चालन नगर सचिव तारा सोमारेले गर्नुभएको सो कार्यक्रममा उपस्थित सबैलाई स्वागत भाषणबाट स्वागत निरु सारुले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार