हिसारमा मनाइयो १२८औँ माओ दिवस

खिमराज चालिसे,

चंडिगढ। अन्तर्राष्ट्रिय एकताको लागी नेपाली जनताको मञ्च हिसारको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता तथा नयाँ जनवादी क्रान्ति एवम् सर्वहारा सांस्कृतिक क्रान्तिका कमान्डर माओको १२८औँ जन्मदिवस मनाइएको छ ।

गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गर्दै संघीयता, भ्रष्ट्राचार, महंगी विरुद्ध जुटदै प्रतिगमनकारी तथा अवसरवादीहरु विरुद्ध संघर्ष गरेर मात्र माओ विचार धाराको रक्षा गर्न सकिने वक्ताहरुले बताउनुभयो ।

कार्यक्रममा आफ्ना गहकिला विचार राख्ने वक्ताहरुमा महिला नगर संयोजक निरु सारु, बाबुराम शर्मा, केहरसिंह घर्ती मगर, मनबहादुर घर्ती मगर, मिनु दर्लामी, सीता पौड्याल, कोपिला राना, रिमा बगाले, सालिकराम भट्टराई, ओम प्रकाश खनाल, यमलाल पौडयाल, चन्द्र गैरे, सुरेश क्षेत्री, उमा लम्तरी, लक्ष्मी पौडयाल, मिना पौडयाल लगाएत हुनुहुन्थ्यो।

तारा सोमरेको संचालनमा तथा नन्दबहादुर लम्तरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लालबहादुर चुदालीले स्वागत गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार