हिसारमा मूल प्रवाहको टोल समिति गठन

हिसार। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्वारा सञ्चालित सिटि एरिया ‘ए’ अन्तर्गत प्रेम नगर टोल समिति गठन गरिएको छ।

केन्द्रीय सल्लाहकार तारा सोमरे र नगर अध्यक्ष नन्द बहादुर लम्तरीको विषेश उपस्थितिमा सम्पन्न भेलामा दुवै जना नेताहरूले मूल प्रवाहको विधान तथा भारतमा मूल प्रवाहको आवश्यकताबारे चर्चा गर्नु भएको थियो।

भेलाले तारा सुनारको अध्यक्षतामा ७ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको सचिव टेक बहादुर सुनार, कोषाध्यक्ष सीता विक, सदस्यहरुमा भिम बहादुर विक, बिमला सुनार, बिनु विक, सबिता परियार रहनु भएको छ।

कार्यक्रम केहर सिंह घर्ती मगरको सञ्चालन तथा भिम बहादुर विकको अध्यक्षतामा सम्पन्न भएको जानकारी केन्द्रीय सल्लाहकार तारा सोमारेले दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार